फेसबुकमा स्टाटस लेखेर श्रीमानलाई ट्याग गरेको २४ घण्टा नबित्दै लक्ष्मीकाे घरभित्रै शव



 

बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखिन् ।

अनि विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो ।

दाइजो नल्याएको निउँमा लामो समयदेखि यातना खेपिरहेकी लक्ष्मीको शव फेला परेपछि घरभित्र यातना दिएको अरोपमा उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुक स्टाटस भने अहिले हटाइएको छ ।

लक्ष्मीको मृत्युपछि माइती पक्षले यस घटनामा सासू हरिमाया खत्रीको मात्र संलग्न नभएर नन्दले पनि यातना दिएको आरोप लगाई प्रहरीमा अर्को जाहेरी दिने तयारी गरेका छन् ।

अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनकी एक छोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा गएका छन् । श्रीमान् नभएको बेला उनको हत्या भएको छ ।

माइती पक्षले सासू, ससुरा र नन्दले यताना दिएको अरोप लाउँदै इलाका प्रहरी कार्यालय बुटवल आएका छन् । उनीहरुले हिजो दिनभर प्रहरी परिसमा थिए । प्रहरीले हत्याको जाहेरी लिन मानेको छैन् । तर यातनाको विषयमा छानविन गर्न सासूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

छिमेकी भन्छन्- यातना पहिलेदेखि नै दिइन्थ्यो

लक्ष्मीको शव शुक्रबार बिहान घरको दोस्रो तलाको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको थियो । अघिल्लो दिन बिहान सासूबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।

माइतीपक्षले भने सासू, ससुरा र नन्दले हत्या गरी झुन्डाएका भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन् । तर इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन । बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासूको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ ।

दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुबा डोमबहादुर खत्रीले बताए । उनले रातोपाटीसँग भने ‘पटक पटक यातना दिएका थिए । हत्यामा सासू मात्र नभएर नन्द अरूको पनि हात छ, प्रहरीले यसतर्फ ध्यान दिनुपर्छ । हामी अर्को जाहेरी दिने तयारी छौँ ।

सासूको कुटाइबाट घाइते भएकी लक्ष्मीले बिहीबार मात्रै स्थानीय मेडिकलमा उपचार गराएकी थिइन् । उनका आँखामा निलडाम रहेको छिमेकीले बताएका छन् । बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन् ।

‘मलाई सासूले दैनिक पिट्छिन् भन्दै आएकी थिइन्, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ ।’ स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन् । लक्ष्मीले वर्षौंदेखि सासूको हिंसा खेप्नुपरेको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासूबुहारीबीच झगडा भएको र हत्या गरेर झुन्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान थालिएको बताए ।

अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन् ।

प्रचलित कानुनअनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना रहेको छ । स्थानीय आम समूहले प्रहरी कार्यालयमा घर्नासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु