काठमाडौँमा भेटियो १० रुपैयाँमा थरीथरीका कपडा देखि ३ हजारमा टिभी पाउने स्टोर-हेर्नुहोस (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

काठमाण्डौको गोङ्गबु बस पार्क बाट बानियाँ टार रोड भई २.३ कि.मी. दक्षिण तर्फ लागेपछी आउँछ सुखावती स्टोर ।

त्यो पसल हेर्दा सामान्य पसल जस्तो देखिन्छ । यहाँ किताब, कपडा, भाँडाकुँडा र कम्प्युटर देखी अन्य धेरै उपयोगमा आउने बस्तु सामाग्री राखिएको छ । अरू पसल भन्दा यो पसल यसका रणले गर्दा भित्र छ कि यहाँ भएका सामाग्रीको मूल्य रू १० रुपैयाँ बाट सुरु हुन्छ । यहाँ सामानको गुणस्तर र अवस्था हेरेर त्यसभन्दा माथि पनि मूल्य तोकिएको छ ।

बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । । प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले । हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् ।

ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् । घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् ।

त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ ।

प्रतीक्षा र उनको परिवार यसको ज्वलन्त उदाहरण हुन् । नयाँ लुगाको लागि दशैँ पर्खिने परिवारहरुको खुसी फर्काइदिएकोमा दङ्ग छन् चिजमान गुरुङ । यो नौलो अवधारणा नेपालमा भित्र्याउने सोच पनि उनै चिजमान को हो ।

कास्कीको सामान्य परिवारमा जन्मिएका उनी वैदेशिक रोजगारका क्रममा कोरिया पुगे ।करिब २ दशक भन्दा बढी समय कोरियामा बिताएका उनले यस्तो पृथक अवधारणा त्यहीँ सिकेको बताए । कमाउनका लागि भन्दा पनि सिक्नकै लागि झन्डै २ वर्ष कम पैसामा यस्तै स्टोरमा काम गरेको सुनाए ।

सुखावतीले सेकेण्ड ह्यान्ड सामान होइन सेकेण्ड लाइफ दिने चिजमानको भनाइ छ । ‘यहाँ पुराना सामानले नयाँ मालिक पाउँछन् र दबिएका रहरले पूरा हुने नयाँ बाटो’ मुस्कु्राउँदै चिजमान थप्छन्, ‘त्यसैले त यहाँ आउने मानिसले झोलामा सामान होइन खुसी भरेर लग्छन्’ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...