जहाज भन्दा तिब्र गतिको नरसंहारकारी आँधी यहाँ आईपुग्यो, बनायो यस्तो तहसनहस [१५ तस्विर]



हाम्रो इकोनोमि

 

बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी अहिले भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुगेको छ । फानी आँधीका कारण त्यस क्षेत्रमा अहिले उच्च बेगको आँधी सहित वर्षा भइरहेको छ ।

 

आँधीले कयौँ घर तथा भौतीक संरचना भत्काएको छ । त्यहाँका ११ लाख मानिसलाई अन्यत्र सारिएको छ । अहिलेपनि हेलिकोप्टरले मानिस बोकिरहेको छ । झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ । त्यसपश्चात यो प्रणाली फेरि उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

 

मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ ।

 

त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

 

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उद्धार तथा राहतका लागि पूरा पूर्व तयारीका साथ सरकार बसेको बताएका छन् ।

 

यस्ता देखिएका छन् तस्विर

Comment

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...