डरलाग्दो ‘फानी’ चक्रवात नवलपुर पस्यो, हावाहुरी र वर्षाले विद्यालय बन्द



हाम्रो इकोनोमि

 

हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जानकारी दिए ।

 

प्याब्सन नवलपुरका सचिवसमेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए ।

 

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

 

कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

 

बंगालको खाँडीबाट उत्पन्न आँधीको अब ३ दिन नेपालभरीपनि असर, सचेत रहन यस्तो सूचना जारी

 

भारतको बंगालका सक्रिय हानी सामुद्रीक आँधीको डरलाग्दो असर नेपालमा देखिने भएको छ । आज बेलुकीतिर डरलाग्दो हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ । यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ ।

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् । चक्रवात “फानी” हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ र बिस्तारै उत्तर-पूर्वी दिशातर्फ बढिरहेको छ ।

(शुक्रबार) बाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ । Landfall पश्चात यो प्रणाली फेरी उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

 

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।साथै देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।यस्तो छ मौसम विवरण

 

 

बैशाख २० गते (शुक्रबार) दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । रातिस् देशभरि सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

 

बैशाख २१ गते (शनिबार)  दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु(भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

 

राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...