फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल १११, डिजेल र मट्टीतेलको मूल्य ९८ पुग्यो



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।  बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ।

 

अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ।  यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो।

 

निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।  इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...