यी युवत्ती जसले आफ्नै प्रेमीको छुरा प्रहार गरेर हत्या गरिन्



हाम्रो इकोनोमि

 

लामो समय देखि सम्बन्धमा रहँदै आएका जोडीबिच भएको झगडाले ठुलो स्वरुप लिएको छ । कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएको एक नेपाली जोडीबिच लडाई भएको हो ।

यहाँ एक युवतीले युवकको हत्या गरेकी छिन् । माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोस्टमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।

दुतावासका एक कर्मचारीले भने, ‘घटनाको विस्तत विवरण आइसकेको छैन। प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ ।’ उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा सँगै बस्दै आएका थिए ।

माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिईन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको बताइएको छ ।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको उनी निकट साथिहरुले बताएका छन् । विकलाई छाती र पछाडि छुरा प्रहार गरेर सेतो कपडामा बेरेर राखिएको अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...