यी युवत्ती जसले आफ्नै प्रेमीको छुरा प्रहार गरेर हत्या गरिन्



हाम्रो इकोनोमि

 

लामो समय देखि सम्बन्धमा रहँदै आएका जोडीबिच भएको झगडाले ठुलो स्वरुप लिएको छ । कुवेतमा चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएको एक नेपाली जोडीबिच लडाई भएको हो ।

यहाँ एक युवतीले युवकको हत्या गरेकी छिन् । माया गुरुङले एउटै कोठामा ‘लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोस्टमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।

दुतावासका एक कर्मचारीले भने, ‘घटनाको विस्तत विवरण आइसकेको छैन। प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ ।’ उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा सँगै बस्दै आएका थिए ।

माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिईन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको बताइएको छ ।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको उनी निकट साथिहरुले बताएका छन् । विकलाई छाती र पछाडि छुरा प्रहार गरेर सेतो कपडामा बेरेर राखिएको अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...