अब उपत्यकामा विद्युतिय गाडी, यति सस्तो हुनेछ भाडा



हाम्रो इकोनोमि

 

लामो समय देखि बहसको रुपमा रहेको विद्युतिय गाडी संचालनमा ल्याइने भएको छ । सुन्दर यातायात प्रालीले बैशाख भित्रै रिङरोडमा विद्युतिय गाडी संचालनमा ल्याउने तयारी गरेको जानकारी दिएको छ । पछिल्लो समय बढ्दो सवारीका कारण वातावरण प्रर्दुशन हुँदै गएको समयमा यसले ठुलो सहयोग गर्ने देखिएको छ ।

 

यो भन्दा पहिले नीतिगत अस्पष्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतिय गाडी संचालन अन्तिम चरणमा पु्गेको सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो । उर्जा मन्त्री वर्षमान पुनले १ हप्ता भित्र महशुल निर्धारण गर्ने थापाले बताउनुभयो ।

 

संचालन गर्ने विषयमा यातायात व्यवस्था विभाग पनि सकारात्मक भएको भन्दै यही महिना भित्र गाडी संचालनमा आउँने उहाँले स्पष्ट पार्नुभएको छ । हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले जानकारी दिनुभयो । सुरुवाती चरणमा रिङरोडमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने भएको छ ।

 

प्रालीले रिङरोड भित्र जुनसुकै क्षेत्रमा गएपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको स्पष्ट पारेको छ । भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...