अब उपत्यकामा विद्युतिय गाडी, यति सस्तो हुनेछ भाडा



हाम्रो इकोनोमि

 

लामो समय देखि बहसको रुपमा रहेको विद्युतिय गाडी संचालनमा ल्याइने भएको छ । सुन्दर यातायात प्रालीले बैशाख भित्रै रिङरोडमा विद्युतिय गाडी संचालनमा ल्याउने तयारी गरेको जानकारी दिएको छ । पछिल्लो समय बढ्दो सवारीका कारण वातावरण प्रर्दुशन हुँदै गएको समयमा यसले ठुलो सहयोग गर्ने देखिएको छ ।

 

यो भन्दा पहिले नीतिगत अस्पष्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतिय गाडी संचालन अन्तिम चरणमा पु्गेको सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो । उर्जा मन्त्री वर्षमान पुनले १ हप्ता भित्र महशुल निर्धारण गर्ने थापाले बताउनुभयो ।

 

संचालन गर्ने विषयमा यातायात व्यवस्था विभाग पनि सकारात्मक भएको भन्दै यही महिना भित्र गाडी संचालनमा आउँने उहाँले स्पष्ट पार्नुभएको छ । हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले जानकारी दिनुभयो । सुरुवाती चरणमा रिङरोडमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने भएको छ ।

 

प्रालीले रिङरोड भित्र जुनसुकै क्षेत्रमा गएपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको स्पष्ट पारेको छ । भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...