केटी जिस्‍क्याउँदा जन्ती र घरबेटीबीच कुटाकुट, एकजनाको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा, सात राउण्ड अश्रुग्यास प्रहार



हाम्रो इकोनोमि

 

गोरखामा केटी जिस्‍क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार-४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्‍याएको आरोपमा कुटाकुट भएको थियो।

 

कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए। घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखाका एसपी भोला रावलसहितको टोली आजै घटनाको अनुसन्धानका लागि पालुङटार लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

 

जन्ती मारिएको विरोधमा प्रहरी कार्यालयमा ढुंगामुढा

 

बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।

अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

 

पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

 

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।

 

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका(४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा ३४ वर्षीय बिष्णुबहादुर कुमालको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको एसपी भोला रावलले बताए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...