क्लबमा देखिरहने ऋषि पत्नि एलिजा (हेरौँ २० तस्बिर)



 

एलिजा गौतम सेलेब्रेटी पत्रकार ऋषि धमालासंग विवाह गरेपछी झनै चर्चित बनिन् ।

मिडियामा धमालको प्रभावले उनलाइ थप परिचित बनाइदियो । केही समय अघि रिलिज भएको अनुराग चलचित्रले झनै चर्चा चुल्यायो ।

अहिले भने एलिजाले फेसबुकमा शेयर गरेका तस्विरले निकै चर्चा बटुल्ने गरेको छ । फेसबुकमा निकै सक्रिय एलिजाका तस्विरमा धेरैले कमेन्ट गरेका छन् भने लाइक गर्ने पनि थुप्रै छन् । उनका तस्बिरहरु धेरैजसो क्लबमा देखिन्छ ।

क्लबमा रमाइरहेको तस्बिरहरु कहिलेकाहि उनकोबारेमा नकारात्मक समाचारहरु आइरहेको हुन्छ ।

 

चलेको पत्रकारकारकी श्रीमती हुँदा चर्चा पाउन सजिलो हुने एलिजाले बताउने गरेकि छिन् । उनी चलचित्रमा भित्रन फलामको च्युरा चपाए सरह रहेको बताउँछिन् । उनी भन्छिन्, ‘थुप्रै चुनौती छन । आफू हिरोइन भएपछि सबैको नजरमा पर्नेगरी गेटअप गरेर हिँड्नु पर्दो रहेछ । आफूले केही गर्दा, केही बोल्दा सोचेर गर्नुपर्दो रहेछ । अन्य नायिकाको जस्तो मलाई सजिलो छैन । किनभने मैले घरपरिवारतिर पनि ध्यान दिनुपर्छ ।’ उनी ऋषि धमलासँग विवाह गर्दा चलचित्र निर्माणको शर्तकाबारेमा भनिन्, ‘यो कुरा गलत हो । मैले यस्तो शर्त कहिल्यै पनि राखेको थिइनँ । विवाह अगाडि पनि मेरो चलचित्र अभिनय गर्ने रहर त थियो ।’

उनले निर्माण गरेको चलचित्रका बारेमा भनिन्, ‘खास चलचित्र मैले बनाएको हो । आफै खेल्ने आफै बनाउने भन्ने कुरो उठ्छ भनेर पनि ऋषि दाइको नाम निर्मातामा राखिएको हो ।’ फेसनका बारेमा भने एलिजा साधारण छिन् । उनलाई कुर्थासुरुवाल र सारी मनपर्छ । उनले भन्,ि ‘यही पहिरनमा म राम्री पनि देखिन्छु । आफू कुन ठाउँमा जाने, केका लागि जाने भन्ने कुराले पनि पहिरनको निर्धारण गर्छ । राम्री तथा सेक्सी सारीमा देखिन्छु ।’

 

धमला पत्नी एलिजाले आफ्नो सानै उमेरमा विवाह भएको र सानै उमेरमा नै दुई बच्चाको आमा भएकोले करियरको लागि समय दिन नपाएको बताउंदै आएकी छिन्। पछिल्लो एक अन्तर्वार्तामा भने उनले सन्तान बनाउने निर्णय तथा परिवार योजना आफैले गरेको हुँदा त्यसमा कुनै पश्चाताप नभएको बताएकी छिन्। तर, छोरा छोरीको स्याहार सुसारमा उनको अधिकांश समय बित्छ । छोरा छोरीलाई समय दिंदा दिंदै कहिलेकाहीं आफूले तीन दिनसम्म नुहाउन नभ्याउने उनी बताउँछिन् ।

 

नभई नहुने ऋषि (नरेश फुयाँलद्धारा बाह्रखरी अनलाईनमा लेखिएको लेख)

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनासम्बन्धी रिपोर्टिङका क्रममा पत्रकार ऋषि धमलाले विदेशी च्यानललाई हिन्दी भाषामा सूचना दिएपछि सामाजिक सञ्जाल खुब तात्यो । यसै पनि उनको आलोचना गर्न आइतबार पर्खिनु पर्दैन । त्यो दिन पनि आइतबार थिएन । सामाजिक सञ्जालमा उनलाई मज्जैले उडाइयो । हामी भने उनै ऋषिसँग अन्तर्वार्ता लिने तयारी गर्दै थियौं ।

ऋषि धमला पत्रकारमात्रै होइनन्न पत्रकारका पनि पत्रकार हुन । सूचनाको हकसम्बन्धी कानुनले पनि केही गर्न नसके मान्छेहरू ऋषि धमलालाई सम्झिन्छन् ।‘माया बैगुनी नभई नहुनी, यी ऋषि धमला पनि यस्तै हुन्’ रिपोर्टस क्लबको वार्षिकोत्सवको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही वर्षअघि ठ्याक्कै यही वाक्य बोकेका थिए । ऋषिलाई बुझ्न प्रचण्डका यही वाक्यमात्रै सम्झिए पुग्छ ।

 

ऋषि सबैभन्दा बढी खटिने पत्रकारमात्रै होइनन् सबैभन्दा बढी आलोचित र ‘जोक’का पात्र पनि हुन् । उनलाई लिएर सामाजिक सञ्जालमात्रै होइन, चियागफमा पनि मान्छेहरू बारम्बार यस्ता प्रश्न गरिरहन्छन्;

– एसएलसी पनि पास नभएको यी ऋषि धमला कसरी पत्रकार बने ?
– धमलाले कार्यक्रम चलाउँदा आफूमात्रै बोल्छन्, नेताहरूलाई बोल्नै दिँदैन, किन ?
– किन जे पायो त्यही प्रश्न गर्छन् धमला ? किन क्यामेराको अघिल्तिरमात्रै देखिन्छन् यी मान्छे ?
– धमलाले अंग्रेजीमा पनि आर्टीकल लेख्छन्, कसरी ?

 

यी प्रश्नलाई एकछिन कुनातिर फ्याँक्ने हो भने अर्कोथरी प्रश्न पनि सुनिन्छ, ‘तपाईं पत्रकार हो भने ऋषि धमलालाई चिन्नुहुन्छ ?’ उनलाई चिन्ने पत्रकारले त सिधै कुम जोडेको फोटोसम्म देखाइभ्याउँछन् । व्यक्तिगत रूपमा नचिन्ने तर पत्रकारिता गर्नेहरूले भने रिपोर्टस क्लबमा देखेको भरमा साइनो गाँस्छन् ।तर, कोही यस्ता पनि छन्, जसले ऋषि धमलाको नाम पनि सुन्न चाहन्नन् ।

 

त्यसैले आम चासोका प्रश्नलाई हामीले ऋषिलाई तेस्र्यायौं । उनले पनि हाम्रा चासोलाई प्रष्ट पार्ने प्रयास गरे । ऋषि बिहान ५ देखि राति ११ बजेसम्म रेडियो, अनलाइन, टेलिभिजन र रिपोर्टस क्लबमै व्यस्त हुन्छन् । कतिसम्म भने आफ्नो विवाहको दिनमा समेत उनले बिहान रेडियो कार्यक्रम चलाएका थिए ।

 

काठमाडौं र मुलुकबाहिर हुँदा पनि उनले रेडियोमा फोनमार्फत् बहस चलाउँछन् । उनले लिएका÷दिएका अन्तर्वार्ता र प्रश्नोत्तरले उनको व्यक्तित्व झल्काउँछन् । उनको पहिचानै यही हो ।नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई सोधेको प्रश्न होस् या ज्योति मगरलाई, ऋचा शर्मालाई होस् या रेखा थापालाई— सर्वत्र ऋषिको आलोचना गरियो । भन्नेहरू भन्छन्, ‘ऋषि कहिल्यै आलोचना सुन्दैनन्, गर्छन् मात्रै ।’

 

तर, उनलाई आलोचनाको ‘बाल’ लाग्दैन ।हामीले प्रश्नको शुरुवातै यूएस बंगला दुर्घटनाको रिपोर्टिङबाट गर्यौ, ‘टेलिभिजन प्रस्तोताले अंग्रेजीमा प्रश्न गरिरहेका थिए तर तपाईं हिन्दीमा जवाफ दिइरहनुभएको थियो, किन ?’ हाम्रो प्रश्नलाई ठाडै अस्वीकार गर्दै ऋषिले भने, ‘गलत ।’

 

त्यसपछि उनले चलनचल्तीको ‘जेस्चर’मा दाहिने हातको चोरऔंला उठाउँदै भने, ‘जसरी मलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएर उडाउने काम भयो, पहिला सबैले बुझ्नुपर्छ— मैले बंगलादेशको च्यानललाई होइन, भारतीय दूरदर्शनलाई गराएको जानकारी थियो त्यो । जुन च्यानलले स्पष्ट रूपमा हिन्दी भाषामा प्रसारण गर्छ । मलाई उसले पहिले नै जुन भाषामा सजिलो हुन्छ, त्यही भाषा प्रयोग गर्न भनेको थियो । जुन भाषा सजिलो छ र जुन भाषा धेरै जनताले बुझ्छन्, म त्यही भाषामा बोल्छु । भारतमा १ अर्बभन्दा धेरै नागरिकले हिन्दी भाषा बुझ्छन्, त्यही भएर मैले हिन्दीमा बोलेको हुँ ।’

 

ऋषि त्यतिमा मात्रै रोकिएनन्, उल्टै हामीसँग प्रश्न गर्न थाले, ‘के जापानी प्रधानमन्त्रीले अंग्रेजी बोल्न नजानेर जापानी भाषा बोलेका हुन् ? होइन । चिनियाँ सञ्चारमाध्यममा मैले त्यही विषय बोल्नुपरेको भए म हिन्दीमा बोल्ने थिइनँ । मलाई चिनियाँ भाषा पनि आउँदैनथ्यो । त्यसैले म त्यसबेला अंग्रेजीमा बोल्थें ।’

 

ऋषि आत्मविश्वासका पर्याय हुन् । प्रतिकार गर्ने बलियो क्षमता भएका व्यक्ति हुन् उनी । न उनलाई कसैको डर छ, न कसैको धक । आफूलाई मनमा लागेको जुनसुकै ठाउँ र समयमा सोधिहाल्ने बानी छ उनको ।‘कुन भाषा कहाँ बोल्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । ऋषि धमला नेपालमा सबैभन्दा धेरै सुनिने र हेरिने पत्रकार हो । मैले लिएका अन्तर्वार्ता यूट्युबमा २० लाखभन्दा धेरै पटक हेरिएका छन् । आम पत्रकारका अन्तर्वार्ता यति धेरै हेरिएका छन् ?’ उनी चुनौती दिँदै भन्छन्, ‘सर्भे गरे हुन्छ, नेपालमा सबैभन्दा धेरै रेडियोमा सुनिने र टेलिभिजनमा हेरिने पत्रकार को हो भनेर । ’

 

शैक्षिक योग्यतालाई लिएर पनि ऋषिमाथि प्रश्न उठाउने धेरै छन् । त्यस्ता आलोचकहरूलाई पनि उनको जवाफ छ । हामीले सोध्यौं, ‘तपाईंको शैक्षिक योग्यताको बारेमा धेरै प्रश्न उठ्ने गरेका छन्, यस्तो वास्तविकता के हो ? तपाईंको पढाइ कति हो ?’ उनले पनि सीधा जवाफ दिए, ‘जनप्रभात माध्यामिक विद्यालय कालिमाटीबाट विसं ०४८ मा एसएलसी दिएको हुँ । पिपुल्स कलेजबाट आईए पास गरेको हुँ । ’

 

तर, पनि उनले आफ्नो जीवनमा चाहिने योग्यता आफूसँग भएको बताउँछन्, ‘मार्कसिट र सर्टिफिकेट देखाउँदै हिँड्ने कुरा होइन । मैले पढेको पिपुल्स कलेज साक्षी छ, गएर खोजे हुन्छ, मेरो योग्यता त्यहाँ फेला पर्छ । क्याम्पसको एकाइमा बसेर मैले त्यहाँ काम गरेको छु,” उनी भन्छन्, “पत्रकारितामा काम गरेर क्षमता देखाउने हो, जुन मैले गरिरहेको छु । पत्रकारिताका लागि मलाई चाहिने जति योग्यता मसँग छ । सबैभन्दा ठूलो कुरा ममा सरस्वतीको बास छ ।”

 

आफूलाई आलोचना गर्नेलाई उनले सधैंजसो गिरिजाप्रसाद कोइरालाको उक्ति सुनाउँछन् । कुनैबेला गिरिजाले उनलाई भनेका थिए रे, “ऋषि, तिम्रो विरोध हुन्छ, नारा लाग्छ, तिमीविरुद्ध सडकमा पुत्ला पनि जल्न सक्छ । कालो झन्डा पनि देखिन सक्छ । तर त्यसलाई तिमीले कमजोरीको रूपमा नलिनू, त्यसले झन् तिमीलाई बलियो बनाउँदै लैजानेछ ।”

 

गिरिजाको त्यही ‘उपदेश’ले आफू अहिलेको स्थानमा भएको ऋषि सगौरव सुनाउँछन् । भन्छन्, ‘कि राम्रो काम गर्नेको आलोचना हुन्छ कि नराम्रो काम गर्नेको । मैले राम्रो काम गरेकाले पनि धेरै आलोचना हुने गरेको हो ।’ त्यसपछि उनले हामीलाई प्रश्न तेस्र्याए, ‘कसको आलोचना हुँदैन ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कसको हुँदैन ? नेपालमा शीर्ष नेताहरू कसको आलोचना भएन ? केपी शर्मा ओलीको आलोचना भएन ? तर, आलोचनाले मान्छेलाई झन् बलियो बनाउँछ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै आलोचना हो । त्यसलाई स्वीकार्न मलाई कुनै आपत्ति छैन ।’

 

सानादेखि ठूला पार्टीसम्म, वामदेखि कांग्रेसीसम्म उनको उत्तिकै राम्रो सम्बन्ध छ । यो सम्बन्धलाई ऋषिले दुरुपयोग र्गयो भन्ने पनि छन नि’ यसलाई उनी भने ठाडै अस्वीकार गर्छन् । ‘गिरिजाबाबुदेखि अहिले ओलीसँग मेरो उत्तिकै राम्रो सम्बन्ध छ । मैले चाहेको भए धेरै गर्न सक्थें,” उनी भन्छन्, ‘आज मसँग तपाईंहरूजस्तो साथीभाइ र इष्टमित्रबाहेक केही छैन । मैले मेरा लागि पत्रकारिता गर्ने होइन, जनताका लागि गर्ने हो, गरिरहेको छु । मैले अनावश्यक फाइदा लिएको भए यतिका वर्षसम्म कसरी टिक्न सक्थें ?’

 

उनी बीपीलाई स्मरण गर्छन्, ‘बीपीले भन्नुहुन्थ्यो– असल कामले मान्छे असल हुन्छ । त्यसैले सधैं असल काम गर्नू । म त्यही गरिरहेको छु । ’ नेपाली पत्रकारितामा निकै व्यस्त पत्रकार हुन् ऋषि । बिहीबार बिहान ३ घण्टा पर्खाएपछि ‘बाह्रखरी’कै कार्यालयमा ११ बजे आइपुग्दा उनी प्रचण्डको अन्तर्वार्ता लिएर आउँदै गरेको सुनाउँदै थिए । भन्दै थिए, ‘।एक घण्टा लामो अन्तर्वार्तामा फोन रिसिभ गर्न सकिनँ । एक घण्टामा ६२ कल आएछन् । यसपटक प्रचण्डले धेरै नयाँ कुरा गरेका छन्, तपाईंहरूले पनि ‘धमलाको हमला’ हेर्न नभुल्नुहोला है ।”

 

लामो अनुभवले खारिएका ऋषि अहिलेको पत्रकारितालाई यसरी मूल्यांकन गर्छन्, ‘समय बलवान् छ । समयसँगै सबै परिवर्तन हुँदै जान्छ । अहिलेका पत्रकार प्रविधिमा पोख्त छन् तर अल्छी भएका छन् । पहिलेका पत्रकार कडा मेहनत गर्थे तर अहिलेका पत्रकारलाई सूचना विभागको पे्रेस पास पाए पुग्छ । त्यही प्रेस पाएपछि उसलाई पत्रकार भएँ भन्ने लाग्छ । पत्रकार एक विषयमा मात्रै जानकार भएर पुग्दैन । सबै विषयमा रिपोर्टिङ र बहस गर्न तयार भएर आउनुपर्छ । अनि मात्रै त्यो पत्रकार सफल पत्रकार हुन्छ । ’

 

 

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने