रिनाका प्रेमी कमलकी श्रीमती पनि अनुसन्धानको घेरामा ! (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

पथरीकी रिना बस्नेतको मृत्यु पछि उनका प्रेमी भनिएका कमल नेपाल पक्राउ परेका छन् । नेपालले रिना आफ्नी प्रेमिका भएको स्वीकार गरेका छन् ।

तर उनले हत्या गरेको भने अस्वीकार गरेका छन् ।

यो घटनाले वैदेशिक रोजगारको कारण समाज खण्डित भएको विकृतीपूर्ण अवस्थालाईसमेत उजागर गरेको छ ।

२९ वर्षिया रिनाका श्रीमान सन्तोष विदेशमा थिए ।

सन्तोषलाईसमेत रिना अन्य व्यक्तिसँग नजिकिएको बारे थाहा थियो । तर कति गाढा गरी हो भन्ने विषयमा भने थाहा थिएन । त्यसैले पछिल्लो समयमा उनले विदेशबाट रिनालाई पैसा पठाउन पनि कम गरेको बताइन्छ ।

यता कमल नेपाल पनि विवाहित व्यक्ति हुन् । इटहरीकी मनिता उनकी श्रीमती हुन् ।

केही समययता मनिता र कमलबिच खटपट थियो । कमलले आफ्नो सालोले कमाएको पैसाबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका थिए । सालो अफगानिस्तानबाट फर्किएर हिसाब खोजे तर, भाका सार्दै जग्गा फिर्ता नगरेपछि कमल र मनिताको सम्बन्ध पनि बिग्रिएको थियो ।

पथरी आसपासका क्षेत्रमा जग्गाको कारोबार गर्दै आएका कमललाई गत वैशाखमा ससुराली पक्षका व्यक्तिले पथरी बजारमै कुटपिट गर्दै इलाका प्रहरी कार्यालय पुर्याएका थिए । तर लेनदेनको विषय नेहेर्ने भन्दै प्रहरीले फर्कायो ।

त्यही विवादका बिचमा मनिता सो घटना भएको केही दिनअघि पथरी गएकी थिइन् । त्यसबेला उनलाई कसैले तेरो श्रीमानले अर्कैसँग बिहे गरेको छ, केही लिएर हिँड्छ भनेर सुनाए ।

उनले फोनमै श्रीमानलाई धम्की दिइन् र भनिन्, छोराहरुलाई काठमाडौंमा लगेर राख्छु र आएर तपाई र त्यो आइमाईलाई जुत्ताको माला लगाएर पथरी बजार घुमाउँछु ।

मनिताले आफ्नो श्रीमान र त्यो केटीलाई कालो मोसो दलेर पथरी घुमाउने धम्की श्रीमानलाई दिएकी थिइन् । त्यसैले रिनाको हत्या कमलकी श्रीमतीले गरेको हो कि भनेर शंका गर्ने मानिसहरु पनि एकातिर छन् ।

मनिताकाअनुसार रिनासँग सामान्य चिनजान थियो तर, उनीसँगै आफ्नो श्रीमानको प्रेम सम्बन्ध भएको थाहा थिएन । रिनाको शव भेटिएपछि मात्रै कमलले फोन गरेर मनितालाई त्यो केटी रिना नै हो भनेर बताए ।

त्यसैले घटनामा मनिताको संलग्नता खासै नदेखिएपछि प्रहरीले अनुसन्धानको दायरामा भने ल्याएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...