पथरी काण्ड: रिनालाई कमल नेपालले मारेको खुलासा संखा , रिना काण्ड देखी सरिता काण्ड सम्मा गरे पर्दाफास (भिडियो)



हाम्रो इकोनोमि

 

क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो ।

आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा भइन ।

नग्न अबस्था अनि रहस्मय अबस्थामा मृत भेटिएकी रिना बस्नेतका छोरा साइमन बस्नेतले आमालाई बारम्बार फोन गर्ने ब्यत्तिको परिचय सार्बजनिक गरेपछि घटना थप रहस्यमय बनेको छ ।

शुक्रबार दिँउसो छिमेकीको छोराको जन्मदिन र बेलुका कन्सर्टमा सँगै गएका आमाछोरा राति सँगै कोठामा आएर आफूसँगै सुतेकी ममीको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाएको बताएका छन ।

२९ वर्षीया रिनाको शव सडकमा नाङ्गो अवस्थामा फेला परेको थियो । शुक्रबार बारम्बार कमल नेपाल नाम गरेको ब्यत्तिको फोन आएको,राति सुत्ने बेलामा पनि उसकै फोन आईरहेको र उनले फोन नउठाएपनि आमा तनावमा भएजस्तो देखिएको उनले बताएका छन ।साइमनका बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति ११ बजेपनि रिना र उनले कुराकानी गरेका थिए । बाबाले छिट्टै आउने कुरा गरेको तर, त्यही रात रिनाको शंकास्पद मृत्यु भएपछि घटना थप रहस्यमय बनेको छ ।

राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् । १२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो आफुलाई थाह नभएको साईमनले बताए ।

रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएपछि प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ । तर, परिवार भने यसलाई मान्न तयार छैनन् ।

जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताएका छन ।साइमनका अनुसार रिना र कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।

शनि बार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए ।

मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...