पथरी काण्ड: रिनालाई कमल नेपालले मारेको खुलासा संखा , रिना काण्ड देखी सरिता काण्ड सम्मा गरे पर्दाफास (भिडियो)



हाम्रो इकोनोमि

 

क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो ।

आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा भइन ।

नग्न अबस्था अनि रहस्मय अबस्थामा मृत भेटिएकी रिना बस्नेतका छोरा साइमन बस्नेतले आमालाई बारम्बार फोन गर्ने ब्यत्तिको परिचय सार्बजनिक गरेपछि घटना थप रहस्यमय बनेको छ ।

शुक्रबार दिँउसो छिमेकीको छोराको जन्मदिन र बेलुका कन्सर्टमा सँगै गएका आमाछोरा राति सँगै कोठामा आएर आफूसँगै सुतेकी ममीको मृत्यु भएको भोलिपल्ट विहान मात्र थाहा पाएको बताएका छन ।

२९ वर्षीया रिनाको शव सडकमा नाङ्गो अवस्थामा फेला परेको थियो । शुक्रबार बारम्बार कमल नेपाल नाम गरेको ब्यत्तिको फोन आएको,राति सुत्ने बेलामा पनि उसकै फोन आईरहेको र उनले फोन नउठाएपनि आमा तनावमा भएजस्तो देखिएको उनले बताएका छन ।साइमनका बाबु बैदेशिक रोजगारीका लागि दुबईमा छन् ।

एक वर्ष अगाडि विदामा आएर गएका बाबासँग शनिबार राति ११ बजेपनि रिना र उनले कुराकानी गरेका थिए । बाबाले छिट्टै आउने कुरा गरेको तर, त्यही रात रिनाको शंकास्पद मृत्यु भएपछि घटना थप रहस्यमय बनेको छ ।

राति ११ बजेतिर छोरासँगै घर आएकी उनले मदिरा समेत पिएकी थिइन् । १२ बजेतिर साइमन सुते । ममी फोनमा व्यस्त थिइन् । त्यसपछि के भयो आफुलाई थाह नभएको साईमनले बताए ।

रिनाको शव सडकमा नग्न अवस्थामा भेटिएपछि प्रहरीले मदिरा पिएर मातेकी रिना शौचालय जाने क्रममा लडेको हुनसक्ने आशंका गरेको छ । तर, परिवार भने यसलाई मान्न तयार छैनन् ।

जेठाजु चक्रबहादुर बस्नेत पुलिसले आफूखसी शव घोपा (वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान) लगेको बताएका छन ।साइमनका अनुसार रिना र कमल नेपाल नाम गरेका युवकसँग निरन्तर कुरा गरिरहन्थिन् ।

शनि बार रिना बर्थडे पार्टी र कन्सर्टमा हुँदा पनि उनले फोन गरिरहेका थिए तर, ममीले फोन नउठाएको उनले बताए ।

मामाघर जाने क्रममा आफूले पनि कमललाई भेटेको र आफूलाई फोन लगायतको उपहार दिएको उनले सुनाए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...