अपराध महाशाखाको हिरासतमा रहेका तामाङलाई चरम यातना



हाम्रो इकोनोमि

 

 

नुवाकोटका नवराज तामाङ ट्याक्सी चालक हुन् । काठमाडौं रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डकैत गरेको आरोपमा उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो । चैत २६ मा डकैत घटना भएको हो । उनीहरुलाई त्यही आरोपमा तुरुन्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेपछि तामाङलाई निर्ममतापूर्वक कुटपिट गरिएको तस्वीर प्राप्त भएको छ ।

 

हत्गडी लगाएको अवस्थामा शरीरभर निलडाम हुने गरी पिटिएका तामाङलाई जर्वजस्ती घटनामा संलग्नताको स्वीकार गर्न लगाईएको उनीहरुका आफन्तले बताएका छन् ।

 

डिएसपी रुगम कुँवर र सई दिपेन्द्र चन्दले तामाङलाई अमानवीय ढंगले लाठीले हानेको पीडित पक्षको भनाई छ । बिगतमा भक्तपुरमा बालक अपहरण गरेको आरोप लागेका कामदारलाई ईन्काउन्टरको नाममा गोली हानेको आरोप पनि डिएसी कुँवरलाई लागेको छ । केही पहिले हेटौंडामा मादक पदार्थ सेवनमा भएको झडपमा कपडा छोडेर भागेका बेला परिचयपत्रसमेत सई चन्दको भेटिएको थियो ।

तर, यस बिषयमा कुनै कार्वाही भएन । यस बिषयमा प्रहरीले भने आवश्यक अनुसन्धानपछि मात्र प्रतिकृया दिने बतायो । यसरी यातना दिने प्रहरीलाई यातना तथा क्षतिपूर्ति ऐन अन्तर्गत कार्वाही हुने कानुनी प्रावधान छ । यस बिषयमा मानव अधिकार आयोगले पनि अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...