अपराध महाशाखाको हिरासतमा रहेका तामाङलाई चरम यातना



हाम्रो इकोनोमि

 

 

नुवाकोटका नवराज तामाङ ट्याक्सी चालक हुन् । काठमाडौं रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डकैत गरेको आरोपमा उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो । चैत २६ मा डकैत घटना भएको हो । उनीहरुलाई त्यही आरोपमा तुरुन्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेपछि तामाङलाई निर्ममतापूर्वक कुटपिट गरिएको तस्वीर प्राप्त भएको छ ।

 

हत्गडी लगाएको अवस्थामा शरीरभर निलडाम हुने गरी पिटिएका तामाङलाई जर्वजस्ती घटनामा संलग्नताको स्वीकार गर्न लगाईएको उनीहरुका आफन्तले बताएका छन् ।

 

डिएसपी रुगम कुँवर र सई दिपेन्द्र चन्दले तामाङलाई अमानवीय ढंगले लाठीले हानेको पीडित पक्षको भनाई छ । बिगतमा भक्तपुरमा बालक अपहरण गरेको आरोप लागेका कामदारलाई ईन्काउन्टरको नाममा गोली हानेको आरोप पनि डिएसी कुँवरलाई लागेको छ । केही पहिले हेटौंडामा मादक पदार्थ सेवनमा भएको झडपमा कपडा छोडेर भागेका बेला परिचयपत्रसमेत सई चन्दको भेटिएको थियो ।

तर, यस बिषयमा कुनै कार्वाही भएन । यस बिषयमा प्रहरीले भने आवश्यक अनुसन्धानपछि मात्र प्रतिकृया दिने बतायो । यसरी यातना दिने प्रहरीलाई यातना तथा क्षतिपूर्ति ऐन अन्तर्गत कार्वाही हुने कानुनी प्रावधान छ । यस बिषयमा मानव अधिकार आयोगले पनि अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...