आगलागी हुँदा ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट



हाम्रो इकोनोमि

 

ललितपुर, सुर्खेत, पाँचथर, दाङ र बाँकेमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका १० कोदेडाँडा बस्ने चिनीमायाँ तामाङको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, पंचपुरी नगरपालिका ८ दुलाल थाई बस्ने कृष्ण बिकको घरमा शनिबार दिउसो आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, तुम्वेवा गाउँपालिका १ ढुकुरे बस्ने दलबहादुर तामाङको घरमा शनिबार दिउसो आगलागी भई उक्त आगो बस्तीमा समेत फैलिएर ३ वटा घर र ३ वटा गोठ जलेर करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, गढवा गाउँपालिका ५ खजरौता बस्ने भगवान दास यादवको घर र गोठमा शनिबार दिउसो आगलागी हुँदा घर, गोठ र नगद ५ लाख रुपैयाँ समेत जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, डुडुवा गाउँपालिका २ नयाँबस्ती बस्ने शोभाराम बर्माको घरको भान्साकोठामा शनिबार राति आगलागी भई उक्त आगो फैलिएर बर्माको समेत ५ जनाको कच्चरी घर जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...