४० जना यात्रु सवार बस दुर्घटनाग्रस्त : १२ जनाको मृत्यु, २६ जना गम्भीर घाइते !



हाम्रो इकोनोमि

 

अचानक बस दुर्घटना भएको छ । ४० जना यात्रु सवार बस दुर्घटनामा परेको जनाइएको छ ।

भारतको पठानकोटबाट डलहौजी गइरहेको निजी बस नैनीखड़ नजिकै पंजपुलामा करीब २५० फिट गहिरो खोल्सामा परेको छ ।

यो दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने २६ जना गम्भीर घाइते भएका छन् ।

 

घाइतेहरुमा केहीको अवस्था गम्भीर भएको जनाइएको छ । दुर्घटना भएको खबर पछि प्रहरी र सेनाको मद्धतमा उद्धार कार्य सम्पन्न गरिएको छ ।

दुर्घटनामा ७ जनाको घटनास्थलमा मृत्यु भएको हो भने अन्य पाँच जनाको डलहौजी र बनीखेत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

एसपी चबा डा.मोनिकाका अनुसार अध्यारो भएको कारण उद्धार कार्यमा केही असहजता उत्पन्न भएको थियो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस हिजो बेलुका ७ बजेतिर दुर्घटनामा भएको हो ।

मुख्यमन्त्री जयराम ठाकुरले घटनाबारे दुःख व्यक्त गर्दै उद्धार कार्यमा कुनै प्रकारको कमी हुन नदिन सम्बन्धीत निकायलाई निर्देशन दिएको जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...