अदालतले भन्यो : विवाहको नाटक रचेर गरिएको यौनसम्पर्क पनि बलात्कार हो !



हाम्रो इकोनोमि

 

पछिल्लो समय विवाह भन्दा पहिले यौन सम्बन्धमा वस्ने कुरा सामान्यजस्तै भएको छ ।

दुई जनाको सहमतिमा लिभिङ रिलेशनमा वस्नेहरुको संख्या बढ्दै जान थालेको छ ।

तर, यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ ।

अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ ।

भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो फैसला दिएको हो । ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् । उनलाई अदालतले बलात्कारी संज्ञा दिदैं सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...