भिडमा यी नेताको अघि झुके मोदी, खुट्टा छोएर लिए आशीर्वाद



हाम्रो इकोनोमि

 

आफ्नो संसदीय सीट वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नामांकन दर्ता गरेका छन् ।

निर्वाचन कार्यलयमा प्रधानमन्त्री मोदी भन्दा पहिले एनडीएका दिग्गज नेता त्यहाँ पुगेका थिए ।

काल भैरव मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री मोदी पनि निर्वाचन कार्यलय पुगे ।

त्यहाँ रहेका एनडीएका सबै नेताहरुले उनको स्वागत गरे र प्रधानमन्त्री मोदीले पनि सबैको अभिवादन स्वीकार गरे । त्यहाँ  पन्जाबका पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादललाई देखेसँगै प्रधानमन्त्रीले निहुरिएर उनको खुट्टा छोए ।

प्रकाश सिंह बादल पन्जाबका पूर्व मुख्यमन्त्री र शिरोमणि अकाली दलका प्रमुख रहेका छन् ।

८५ वर्षीय बादल पन्जाबमा पाँच पटक मुख्यमन्त्री भएका थिए । नामांकन दर्ता गर्नुभन्दा पहिले प्रधानमन्त्री मोदीले प्रकाश सिंह बादलको खुट्टा छोएर उनको आशीर्वाद लिए ।

यसपछि सह निर्वाचन पदाधिकारीको अगाडि सबै  कागजी प्रक्रिया पुरा गरेर प्रधानमन्त्री मोदीले आफ्नो नामांकन फारम भरे । प्रधानमन्त्री मोदीको नामांकनको लागि एनडीएका दुई दिग्गज नेता वाराणसी पुगेका थिए । सवै नेताहरुलाई एक साथमा लिएर एनडीएले वाराणसीमा शक्ति प्रदर्शन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...