एकैदिन ५ जना मृत अवस्थामा फेला



हाम्रो इकोनोमि

 

आज एकैदिन विभिन्न जिल्लामा ५ जना मानिस मृत अवस्थामा फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीय रुपचन रिषिदेब बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका-१ स्थित आरति स्ट्रिप्सको सडकखण्डमा सोही उद्योगमा काम गर्ने ईलाम, ईलाम नगरपालिका-१२ बस्ने ४३ वर्षीय भुवन भण्डारी बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

डोल्पा, ठुलिभेरी नगरपालिका-२ बस्ने २८ वर्षीय राजु बिक सोही ठाउँस्थित गुठी खोलामा बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् । वैशाख ६ गते सोही ठाउँस्थित जंगलमा साथीहरूसँग खिरौला जडिबुटी खन्न गएका उनी १० गते राति हराई बेपत्ता भएकाले खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

दैलेख, गुराँस गाउँपालिका-६ पिलारी बस्ने ६१ वर्षीय रत्न बहादुर राना बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् । मंगलबार घरबाट कसैलाई जानकारी नगराई हिँडेका उनी सोही ठाउँस्थित बाँसको झ्याङमा मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

लहान नगरपालिका-२० ब्रम्हाण्ड गोल्छारी बस्ने ५० वर्षीया सल्टीदेवी महतोको करेन्ट लागेर बिहीबार दिउसो मृत्यु भएको छ । आफ्नै घरबाट करिब ५ सय मिटरको दुरीमा रहेको बारीमा मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...