सुर्खेत, रसुवा र भोजपुरमा भीषण आगलागी



हाम्रो इकोनोमि

 

सुर्खेत, रसुवा र भोजपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ९१ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, लेकबेशी नगरपालिका-७ मैनापोखरी बस्ने ७६ वर्षीय मन बहादुर सुनारको घरमा नास्ता पकाउने क्रममा बिहीबार दिउसो आगलागी हुँदा घर जलेर करिब २ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रसुवा, नौकुण्ड गाउँपालिका-१ थाङदोर बस्ने लक्ष्मण लामा नेकोरको घरमा करेन्ट सर्ट भई बिहीबार दिउसो आगलागी भई उक्त आगो सोही ठाउँस्थित ५ वटा घरमा समेत फैलिँदा करिब ८६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, हतुवागढी गाउँपालिका-५ नागथान बस्ने नर बहादुर तामाङको घरमा चुल्होबाट बिहीबार साँझ आगलागी हुँदा घर जलेर करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानिय बासिन्दा र नेपाली सेनाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...