सुर्खेत, रसुवा र भोजपुरमा भीषण आगलागी



हाम्रो इकोनोमि

 

सुर्खेत, रसुवा र भोजपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ९१ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, लेकबेशी नगरपालिका-७ मैनापोखरी बस्ने ७६ वर्षीय मन बहादुर सुनारको घरमा नास्ता पकाउने क्रममा बिहीबार दिउसो आगलागी हुँदा घर जलेर करिब २ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रसुवा, नौकुण्ड गाउँपालिका-१ थाङदोर बस्ने लक्ष्मण लामा नेकोरको घरमा करेन्ट सर्ट भई बिहीबार दिउसो आगलागी भई उक्त आगो सोही ठाउँस्थित ५ वटा घरमा समेत फैलिँदा करिब ८६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

भोजपुर, हतुवागढी गाउँपालिका-५ नागथान बस्ने नर बहादुर तामाङको घरमा चुल्होबाट बिहीबार साँझ आगलागी हुँदा घर जलेर करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानिय बासिन्दा र नेपाली सेनाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...