पथरी काण्ड : कविताको डर लाग्दो खुलासा, बरु म मर्छु ! बाहरियो डर लाग्दो रिपोर्ट…(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

गत शनिबार विहान मोरङको पथरी १ मा नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्यु बारेमा प्रहरीले नयाँ रहस्य सार्बजनिक गरेको छ ।

प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको हालेको हुनसक्ने आशंका गरेका थिए ।

तर प्रारम्भीक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन । पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

घटना भएको रातको सिसी क्यामेरा फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ ।

केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ । सोही आधारमा प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार ‘रिनाको मृत्यु प्रकरणमा उनको संलग्नता देखिँदैन ।’

उनको नाम भने गोप्य राखिएको छ । यसैबिच रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

रिनाको मृत्युलाई लिएर स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...