बेरोजगार हुनुहुन्छ ? १५ दिनमा यी काम सिके जीवनभर भइन्छ रोजगार, हुन्छ राम्रो कमाई, विदेश जानै पर्दैन



हाम्रो इकोनोमि

 

’ यो धेरैलाई लागेको समस्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ ।

नेपालमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्नसमेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ ।

१. तपाईंले एसएलसी सम्म पनि पढ्नु भएको छैन भने कफी बनाउन सिक्नुहोस् । बजारमा प्रोफेसनल कफी बनाउन सिकाउने ठाउँहरु छन् । बजारमा कफी बनाउने व्यक्तिहरुको निकै खाँचो छ । यति गर्नुभयो भने तपाईंले महिनाको ३० देखि ३५ हजार सम्मको काम पाईहाल्नुहुन्छ ।

२.धेरैलाई मार्केटिङ भनेपछि वाक्कै लाग्छ । तर तपाईं अरुसँग राम्रोसँग बोल्न सक्नुहुन्छ भने विज्ञापनको आधारभूत ज्ञान राखेर मार्केटिङ सिक्नुहोस् । अहिले सामान्य रुपमा भ्याट बिल काट्न जान्ने, रिसिप्ट बनाउन जान्ने र अरुसँग कुरा गर्न जान्नेहरुलाई अनलाइन मिडियामा निकै राम्रो सुविधा छ । यस्तो काममा जानकार राख्ने र अलि बाठो मान्छे भए अनलाइन मिडियाहरुले २० हजारभन्दा माथि तलव दिन्छन् । यो काम सिक्न पनि त्यस्तै १५ दिन मात्र लाग्छ ।

३. कम्प्युटरमा रुची राख्नुहुन्छ भने कम्प्युटर बनाउन सिक्नुहोस् । यो काम गर्नेहरुको पनि ठुलो माग छ बजारमा । बजारमा हार्डवेर र सफ्टवेर सिकाउने संस्थाहरु प्रसस्तै छन् । कम्प्युटर बनाउन र नेटवर्कबारेमा राम्रो ज्ञान मात्र हुने हो भने त्यो व्यक्ति नेपालमा कहिलेपनि बेरोजगार हुँदैन ।

४. भिडियो क्यामरा चलाउन सिक्नुहोस् । नेपालका टेलिभिजनमा मात्र होइन विभिन्न सभा समारोहको भिडियो खिच्न जान्नेहरुको माग ठुलो छ भने आपूर्ति निकै कम छ । यो पेशामा त महिनाको १ लाख रुपैयाँसम्म पनि कमाउन सकिन्छ । दिनमा यस्ता क्यामराम्यानहरुलाई स्टुडियोहरुले वा विवाह जस्ता कार्यक्रम खिच्नेहरुले दिनकै ५००० सम्म दिन्छन् ।

५. नेपाली टाइप सिक्नुहोस् । अहिले नेपाली टाइप राम्रोसँग गर्नेको ठुलो माग छ बजारमा । नेपाली टाइप मात्र राम्रोसँग गर्न आउने हो भने त्यो व्यक्तिलाई पनि जागिरको खाँचो हुँदैन ।

६. मोटरसाइकल सिक्नुहोस् । हिजोआज हरेक जसो जागिरमा मान्छे राख्दा मोटरसाइकल चलाउन जान्नेहरुलाई राख्ने गरिन्छ । वा उनीहरुलाई बढी प्राथमिकता दिने गरिन्छ । त्यसैले मोटरसाइकल वा स्कुटर सिकेर लाइसेन्स निकालीहाल्नुहोस् । यो तपाईंलाई कुनैपनि बेला काम लाग्न सक्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...