योनि गोरो बनाउने यस्तो प्रतिश्पर्धा



 

थाइल्याण्डका मानिसहरुलाई यतिबेला अनौठो रुचि जागेको छ ।

विशेष गरेर पुरुषहरु आफ्नो गुप्ताङ्ग गोरो बनाउन जुटेका छन् ।

बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार एसियाली राष्ट्रहरुमा गोरो बन्ने कोशिस नौलो भने होइन ।

किनभने यहाँ कालो रंगलाई लिएर अनौठो सोच रहेको छ ।

हालै गुप्ताङ्गलाई गोरो बनाउने बारे प्रक्रिया अनलाइनमा राखेपछि यो केही समयमा नै भाइरल बनेको थियो ।

यसमा मानिसहरुको क्रेज बढेपछि थाइल्याण्डको स्वास्थ्य मन्त्रालय चेतावनी समेत जारी गरेको छ ।

यस प्रक्रियामा सहभागी एक पुरुष भन्छन्, ‘म स्वीमिङ ब्रिफ्समा अझै कन्फिडेन्ड महसुस गर्न चाहन्छु ।’

३० वर्षीय यी पुरुषले दुई महिनाअघि यस प्रक्रियाबाट गुज्रेका थिए । उनी भन्छन्, ‘फरक महसुस हुँदैछ ।’

के–का लागि यो ?

यो ट्रिटमेन्ट गर्ने क्लिनकले आफ्नो फेसबुक पेजमा यो पोष्ट राखेपछि दुई दिनमा नै १९ हजार पटक सेयर भएको थियो ।

यस प्रक्रियामा छालाको मेलानिनको मात्रा कम गरिने बताइएको छ । यस पोष्टमा उपचार कक्षको तस्विर र उपचार अघि र पछिको फरक पनि देखाइएको छ ।

यसबारे मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । केहीले यसको आवश्यकताबारे प्रश्न उठाएका छन् ।

केही भने रमाइलो कमेन्ट पनि गरेका छन्, ‘यसलाई टर्चजस्तै प्रयोग गर्न सकिन्छ । चम्कन दिनुहोस् ।’

एक महिला प्रयोगकर्ताले हैरानी जताउँदै लेखेकी छिन्, ‘हामी रंगभन्दा पनि आकार र प्रयोगबारे बढी चिन्तित छौँ ।’

यो सेवा दिने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तंसाकुलले बिबिसीसँग कुरा गर्दै उनीहरुले चार महिनाअघि महिलाहरुको योनाङ्ग गोरो बनाउने सेवा शुरु गरेको बताए । त्यसपछि धेरै पुरुषहरुले यसको बारेमा प्रश्न गरेपछि पुरुषहरुका लागि पनि सेवा शुरु गरिएको उनले जानकारी दिए ।

‘मानिसहरुले पुरुषहरुको गुप्ताङ्ग गोरो बनाउने बारे प्रश्न गर्न थालेपछि एक महिनापछि हामीले पुरुषहरुका लागि पनि सेवा शुरु गर्यौँ,’ उनले भने ।

यसको पूरा खर्च ६५० डलर लाग्ने बताइएको छ । यहाँ हरेक महिना २० देखि ३० जना यो उपचार गराउन आउने गरेका छन् । जसमा म्यान्मार, कम्बोडिया र हङकङका नागरिक पनि रहेका छन् । क्लिनिङको चर्चा व्यापक भएपछि थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले यसबारे चेतावनी जारी गर्दै यस प्रक्रियामा सहभागी हुनेहरुले पीडादेखि बच्चा पैदा गर्ने र सेक्स गर्न समस्या हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा