योनि गोरो बनाउने यस्तो प्रतिश्पर्धा



हाम्रो इकोनोमि

 

थाइल्याण्डका मानिसहरुलाई यतिबेला अनौठो रुचि जागेको छ ।

विशेष गरेर पुरुषहरु आफ्नो गुप्ताङ्ग गोरो बनाउन जुटेका छन् ।

बिबिसीमा प्रकाशित रिपोर्टका अनुसार एसियाली राष्ट्रहरुमा गोरो बन्ने कोशिस नौलो भने होइन ।

किनभने यहाँ कालो रंगलाई लिएर अनौठो सोच रहेको छ ।

हालै गुप्ताङ्गलाई गोरो बनाउने बारे प्रक्रिया अनलाइनमा राखेपछि यो केही समयमा नै भाइरल बनेको थियो ।

यसमा मानिसहरुको क्रेज बढेपछि थाइल्याण्डको स्वास्थ्य मन्त्रालय चेतावनी समेत जारी गरेको छ ।

यस प्रक्रियामा सहभागी एक पुरुष भन्छन्, ‘म स्वीमिङ ब्रिफ्समा अझै कन्फिडेन्ड महसुस गर्न चाहन्छु ।’

३० वर्षीय यी पुरुषले दुई महिनाअघि यस प्रक्रियाबाट गुज्रेका थिए । उनी भन्छन्, ‘फरक महसुस हुँदैछ ।’

के–का लागि यो ?

यो ट्रिटमेन्ट गर्ने क्लिनकले आफ्नो फेसबुक पेजमा यो पोष्ट राखेपछि दुई दिनमा नै १९ हजार पटक सेयर भएको थियो ।

यस प्रक्रियामा छालाको मेलानिनको मात्रा कम गरिने बताइएको छ । यस पोष्टमा उपचार कक्षको तस्विर र उपचार अघि र पछिको फरक पनि देखाइएको छ ।

यसबारे मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । केहीले यसको आवश्यकताबारे प्रश्न उठाएका छन् ।

केही भने रमाइलो कमेन्ट पनि गरेका छन्, ‘यसलाई टर्चजस्तै प्रयोग गर्न सकिन्छ । चम्कन दिनुहोस् ।’

एक महिला प्रयोगकर्ताले हैरानी जताउँदै लेखेकी छिन्, ‘हामी रंगभन्दा पनि आकार र प्रयोगबारे बढी चिन्तित छौँ ।’

यो सेवा दिने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तंसाकुलले बिबिसीसँग कुरा गर्दै उनीहरुले चार महिनाअघि महिलाहरुको योनाङ्ग गोरो बनाउने सेवा शुरु गरेको बताए । त्यसपछि धेरै पुरुषहरुले यसको बारेमा प्रश्न गरेपछि पुरुषहरुका लागि पनि सेवा शुरु गरिएको उनले जानकारी दिए ।

‘मानिसहरुले पुरुषहरुको गुप्ताङ्ग गोरो बनाउने बारे प्रश्न गर्न थालेपछि एक महिनापछि हामीले पुरुषहरुका लागि पनि सेवा शुरु गर्यौँ,’ उनले भने ।

यसको पूरा खर्च ६५० डलर लाग्ने बताइएको छ । यहाँ हरेक महिना २० देखि ३० जना यो उपचार गराउन आउने गरेका छन् । जसमा म्यान्मार, कम्बोडिया र हङकङका नागरिक पनि रहेका छन् । क्लिनिङको चर्चा व्यापक भएपछि थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले यसबारे चेतावनी जारी गर्दै यस प्रक्रियामा सहभागी हुनेहरुले पीडादेखि बच्चा पैदा गर्ने र सेक्स गर्न समस्या हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...