रिनाको आएको पोष्टमार्टम रिपोर्ट रिपोर्टले भन्यो रिनाको हत्या हैन



हाम्रो इकोनोमि

 

पथरीकी रिना बस्नेत हत्या नभएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

घट्ना भएको ५ दिन पछि आएको पोष्टमार्टम रिपोर्टले रिनाको हत्या नभएको खुलेको हो ।

रिनाको हत्या भएको भन्दै आफन्तहरुले आन्दोलन गरिरहेको बेला विपि कोईराला विज्ञान प्रतिष्ठानको रिपोर्टले रिनाको हत्या नभएको देखाउँछ मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले भने ।

पोष्टमार्टम रिपोर्टमा हत्या भएको जस्तो देखिदैन,आफै लडेर शरिरमा चोटपटक लागे जस्तो देखिएको छ उनले भने ।

रिनालाई बलत्कार पछि हत्या भने पनि रिनाको बलत्कार नभएको रिपोर्ट आएको प्रहरी बताउछ । उनी गभेवती पनि थिईनन् डिएसपी श्रेष्ठले भने । हामी गम्भिर रुपमा अझै पनि

घट्नाको अनुसन्धान गर्दछौ उनले भने । घट्नालाई सरसर्ती हेर्दा उनको हत्या नभई मापसे गरेर आफै वाथरुम जाने बेलामा लडेको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।

घट्ना हुन अगाडी शुत्रबार मेला तथा साथीको छोराको जन्ददिनमा मादक पदार्थ खाएको रिनाले कोठामा आएर समेत वियर खाएको प्रहरीले जनाएको छ । ब्याईफेण्डको समेत हात हुन सक्ने भन्दै आरोप लागे पछि प्रहरीले सुन्दर दुलारीको कमल नेपाललाई समेत अनुसन्धानको लागी भन्दै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समयमा युटुबर र अन्लाईनहरुले जथाभावी समाचार सम्प्रेशन गरेको प्रहरीले आरोप लगाएको छ । नकाबधारीले बोरामा बोकेको भन्दै सिसि टिभि फुटेज समेत देखाएको भन्दै घट्नामा कुनै सत्यता छैन मोरङ प्रहरी प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...