रिनाको आएको पोष्टमार्टम रिपोर्ट रिपोर्टले भन्यो रिनाको हत्या हैन



हाम्रो इकोनोमि

 

पथरीकी रिना बस्नेत हत्या नभएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

घट्ना भएको ५ दिन पछि आएको पोष्टमार्टम रिपोर्टले रिनाको हत्या नभएको खुलेको हो ।

रिनाको हत्या भएको भन्दै आफन्तहरुले आन्दोलन गरिरहेको बेला विपि कोईराला विज्ञान प्रतिष्ठानको रिपोर्टले रिनाको हत्या नभएको देखाउँछ मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले भने ।

पोष्टमार्टम रिपोर्टमा हत्या भएको जस्तो देखिदैन,आफै लडेर शरिरमा चोटपटक लागे जस्तो देखिएको छ उनले भने ।

रिनालाई बलत्कार पछि हत्या भने पनि रिनाको बलत्कार नभएको रिपोर्ट आएको प्रहरी बताउछ । उनी गभेवती पनि थिईनन् डिएसपी श्रेष्ठले भने । हामी गम्भिर रुपमा अझै पनि

घट्नाको अनुसन्धान गर्दछौ उनले भने । घट्नालाई सरसर्ती हेर्दा उनको हत्या नभई मापसे गरेर आफै वाथरुम जाने बेलामा लडेको हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।

घट्ना हुन अगाडी शुत्रबार मेला तथा साथीको छोराको जन्ददिनमा मादक पदार्थ खाएको रिनाले कोठामा आएर समेत वियर खाएको प्रहरीले जनाएको छ । ब्याईफेण्डको समेत हात हुन सक्ने भन्दै आरोप लागे पछि प्रहरीले सुन्दर दुलारीको कमल नेपाललाई समेत अनुसन्धानको लागी भन्दै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समयमा युटुबर र अन्लाईनहरुले जथाभावी समाचार सम्प्रेशन गरेको प्रहरीले आरोप लगाएको छ । नकाबधारीले बोरामा बोकेको भन्दै सिसि टिभि फुटेज समेत देखाएको भन्दै घट्नामा कुनै सत्यता छैन मोरङ प्रहरी प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...