सेक्स कतिबेला गर्दा महिला–पुरुष दुवैलाई बढी उत्तम ? थाहा पाइराख्नुस् यी फाइदा



हाम्रो इकोनोमि

 

महिला–पुरुषबीच सहमतिमा सेक्स गर्ने कुनै खास विशेष समय त तोकिएको छैन । समय नभएपनि वातावरण र शारीरिक तन्दुरुस्तीका हिसाबले सेक्स गर्ने समय बढी लाभदायक हुनेबारे विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् ।

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् ।

तर रातिभन्दा विहानको समयमा सेक्स गर्दा बढी राम्रो हुन्छ ।

एकाबिहानै झिसमिसे उज्यालोमा सेक्स गरे दिनभर ‘मुड फ्रेस’ हुने अध्ययनले देखाएको छ ।

अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई बिहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सम्भावना रहन्छ ।

एउटा मात्र होइन, धेरै किसिमका शोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न बिहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको बिहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार शरीरमा सेक्स हार्मोन्सको मात्रा बढी उत्पन्न हुने भएकाले बिहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न शुरू गर्दा अति उत्तम हुन्छ ।

यति मात्रै होइन, बिहानको सेक्सले दुबै जनालाई दिनभर थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभर ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट बिहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । तर बिहान सेक्स गर्दा वातावरण शान्त र एकान्त भने हुनुपर्छ । तपाईं घरपरिवारमा रहेका बेला उज्यालो भइसकेपछि सेक्स गर्न सुरक्षित नहुन सक्छ ।

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सल्लाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय बिहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ ।

अमेरिकी अर्का सेक्स सल्लाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुने बताए । सेक्स एक प्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरेपनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कति पटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एक सातामा तीन पटक सेक्स गर्दा राम्रो हुने विज्ञहरूले बताएका छन् ।

बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन् क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार बिहानमा सेक्स गर्दा महिलाहरूलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि पर्याप्त समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा राम्रो हुन्छ । बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउँदै मजा लिन पनि सकिने विज्ञहरूको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढी आत्मियता प्राप्त पाउने मात्रै होइन, रमाइलो पनि हुन्छ ।

रातिको सेक्स कस्तो ?

बिहानमा सेक्स गर्ने तर रातिमा किन नगर्ने भन्ने जिज्ञासा स्वभाविक लाग्न सक्छ । रातिमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो ।

त्यसैले रातिमा सेक्स गर्नुभन्दा बिहानमै गर्दा राम्रो हुने विज्ञहरूको सुझाव छ । रातिको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ । उचित वातावरण मिलाएर बिहानको सेक्स नै महिला–पुरुष दुवैका लागि लाभदायक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...