परिवार भाँड्न र गरिबको सम्पत्ति लुट्न क्रिष्चियनको डर लाग्दो खेल, सरकार निरीह (भिडियोसहित)



हाम्रो इकोनोमि

 

हामी विनाशकारी भूकम्पको ४ वर्ष पूरा भएको सम्झना गरिरहेका छाैँ । यही बीचमा भूकम्पले भन्दा बढी क्षति क्रिष्चियन धर्मका कारण भएको समाचारहरू पनि बाहिर अाइरहेका छन । धर्म परिवर्तन गरेर क्रिष्चियन बन्दा केही परिवारले भोगेको दर्दनाक पीडा भिडियोसहित  नेपाल लाइभ डटकमले बाहिर ल्याएको छ । हिन्दू धर्म परिवर्तन गरेर क्रिष्चियन बन्दा के–के न पाइन्छ भन्दा कतिपयको परिवार नियोजन भएको छन भने कतिपयको गर्भपतन गराइएको छ ।

 

अझै कतिपयको भएको सम्पत्ति चर्चको नाममा ल्याएर नांगेझार बनाइएको छ । सरकारमा बसेका र सत्तारूढ पार्टीका केहीनेताहरू त्यही कोरियनहरूको होलीवाइन खाएर उदाहरण प्रस्तुत गरिरहेको अवस्थामा तीनै कोरियनहरूले क्रिष्चियन धर्म प्रचारको नाममा गरिब नेपालीहरूलाइ लुटिरहेका छन । धेरै घरवार नै बिगारीदिएका छन । खुलमखुला धर्म परिवर्तन हुँदा पनि कानुनले दण्डनीय मानेको यस्तो कर्म गर्नेलाइ जेलमा कोच्नु पर्नेमा हाम्रा अगुवाहरू उल्टै तीनीहरूसँग कमिसन खाएर जनता ठग्ने अभियानमा साथ दिइरहेका छन ।

 

कुनै समयमा मन्दिरै मन्दिरको शहर भनेर चिनिएको काठमाडाैँ अहिले चर्चैचर्चको सहरमा परिणत भैसकेको छ तर पनि खुलम खुल्ला धर्म प्रचारकको अभियान चलाइरहेकाहरूलाइ सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन् । नेपाल लाइभले बाहिर ल्याएको क्रिष्चियन धर्मले पुर्याएको क्षति सम्बन्धी भिडियोसहितको रिपोर्ट यो लिंकमा क्लिक गरेर हेर्न, पढ्न र सुन्न सक्नुहुन्छ ।  

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...