पथरीमा रिनाको मृत्यु काण्डःसिसि टिभिमा रिक्सामा लाश लगेको देखियो !



हाम्रो इकोनोमि

 

शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला परेको छ ।पथरीमा रिनाको मृत्यु काण्डःसिसि टिभिमा रिक्सामा लाश लगेको देखियो !

मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ ।

उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ ।

ती पुरुषले पाइन्ट सुर्केका छन् । जुत्ता पनि लगाएको देखिन्छ । पुरुषको अघिअघि एक जना महिला हिँडेकी छिन् ।

त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ । तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन ।

फुटेजसहित्का घटनाको प्रकृति हेर्दा हत्या नै भएको भन्न सकिने स्थानीय बताउँछन् ।

मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हँुदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको भनाइ छ ।

प्रहरीले घटनापछि रिनाको मोबाईल र कमलको मोबाईल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको छ ।

सोही दिनको फुटेजमा माक्स लगाएको एक ब्यत्तिले अटोरिक्सामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ ।

यी प्रमाणहरुले उनको अन्यत्र लगी हत्या गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन ।

पथरीका विद्यार्थी नेता सुबिन पराजुली सामाजिक सन्जालमा लेख्छन्, रिनाको हत्या भएको रातको फुटेज ।

रिनाको खुट्टामा हिलो लागेको भेटिएको थियो, यो ठेला चलाउने मानिसले पेन्ट माथी सुर्केको देखिन्छ।।

गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...