रीना प्रकरण : सिसि टिभि फुटेजमा देखियो यस्तो दृश्य (भिडियो)



हाम्रो इकोनोमि

 

थरीमा रहस्यमय तरिकाले शनिबार मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणले मोडका साथै नयाँ तथ्य फेला परेको छ ।

मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्का स्पद दृश्य देखिएको छ ।

उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ ती पुरुषले पाइन्ट सुर्केका छन् ।

जुत्ता पनि लगाएको देखिन्छ । पुरुषको अघिअघि एक जना महिला हिँडेकी छिन् । त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ।तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन।

फुटेज सहित्का घटनाको प्रकृति हेर्दा हत्या नै भएको भन्न सकिने स्थानीय बताउँछन् । मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हँुदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको भनाइ छ ।

प्रहरीले घटनापछि रिनाको मोबाईल र कमलको मोबाईल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको छ। सोही दिनको फुटेजमा माक्स लगाएको एक ब्यत्तिले अटोरिक्सामा बोराले छोपेर केही सामा न ल्याएर घटनास्थलमा फालेको देखिएको छ। यी प्रमाणहरुले उनको अन्यत्र लगी हतया गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन ।

पथरीका विद्यार्थी नेता सुबिन पराजुली सामाजिक सन्जालमा लेख्छन्, रिनाको हत्या भएको रातको फुटेज । रिनाको खुट्टामा हिलो लागेको भेटिएको थियो, यो ठेला चलाउने मानिसले पेन्ट माथी सुर्केको देखिन्छ। गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरी शनि श्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो ।

शनिबार बिहान मर्निङ वाक गर्ने स्थानी यले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे । प्रहरीले खबर पाए पछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो । त्यस पछि हल्लाखल्ला शुरु भयो । रिनाका श्रीमान दुबईमा थिए ।

उनी १४ बर्षिया छोरा साईमन सँग पथरीमा कस्मे टिक पसल सञ्चालन गर्दै आएकी थिईन । नग्न अबस्थामा भेटिएको शव मोष्टमार्टमका लागी प्रहरीले लाने कोशिष गरेपनि मृतकका आफन्त र स्थानीयले केहीक्षण शव उठाउन दिएनन् । तर प्रहरीलाई जबरजस्ती शव उठाएर धरान पुर्यायो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...