प्रेमिकाको ट्याटु खोप्दा एचआईभी, जो वीर अस्पतालमा जीवनसँग अन्तिम लडाइँ लड्दैछन्



हाम्रो इकोनोमि

 

आफ्नो प्रेमिकाको प्रेममा भुतुक्कै भएर छातीमा ट्याटु खोपेका एक युवक अहिले वीर अस्पतालमा जीवन मरणको दोसाँधमा छन् । उनीसँग न त अहिले आफ्नी प्रेमिका छिन्, न त जीवन बाँच्ने आधार । उनी एचआईभी पीडित हुन् । न त बोल्न सक्छन्, न त चल्न सक्छन् ।

 

वीर अस्पतालमै कार्यरत एक नर्सका अनुसार चार वर्ष ती युवक एक युवतीको प्रेममा परे । दुवैजना भागेर बिहे गर्ने र विदेश पलायनको सोच बनाउन थाले । तर, ती युवकले सोचे जस्तो भएन । युवती अर्कै युवासँग विदेश उडिन् ।

 

यता, ती युवक भने युवतीको प्रेममा डुब्न थाले । उनले प्रेमिकालाई बिर्सन सकेनन् । र, आफ्नो छातीमा ती युवतीको ट्याटु खोपे । ट्याटु खोपेको केही महिनापछि उनलाई लगातार ज्वरो आउन थाल्यो । परिवारले उनलाई चेकअप गराउन अस्पताल लगे । रगत परीक्षण गर्दा उनमा एचआईभी पोजेटिभ देखियो । यो खबर सुन्नेवित्तिकै उनको होसहवास उड्यो ।

 

ट्याटु खोप्दा उनलाई एचआईभी सरेको रहेछ । परिवारमा सन्नाटा छायो । घरको एक्लो छोरा । आमाबाबु निकै पीडामा परे । केही समयपछि उनी विरामी परे । उनलाई परिवारले दुई महिनासम्म नर्भिक अस्पतालमा उपचार गराए ।

 

ती युवकमा ईमेनेन्जाइटिसले ग्रसित बनाइसकेको रहेछ । त्यसपछि न उनी बोल्न सक्न सक्ने भए न त चल्न सक्ने नै भए । शरीर पूरै अपांगता । अहिले उनी वीर अस्पतालमा जीवनको अन्तिम लडाइँ लडिरहेका छन् ।

 

यो घटनाले आवेश र रहरै रहरमा चाँडै कुनै निर्णय गर्नु हुँदैन र ट्याटु खोपाउँदा निकै ध्यान दिनुपर्ने सन्देश दिएको छ । राजधानीमा पछिल्लो समय ट्याटु खोप्ने संस्कृति बढेको छ । तर, त्यसले कतिलाई विभिन्न रोगबाट संक्रमित बनाइरहेको छ भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...