‘प्रहरी निरिक्षक बजगाँईलाई हटाएर अनुसन्धान शुरु गर्ने’



हाम्रो इकोनोमि

 

मोरङको पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईले प्रहरी निरिक्षक कमल बजगाँईलाई हटाएर जिप्रकाबाट नयाँ टोलीलाई ल्याएर रिना मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गरिने बताउनुभएको छ।

आन्दोलित नगरबासीहरुलाई सम्बोधन गर्दै मेयर राईले त्यसो भन्नुभएको हो।

ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख बजगाँईलाई हटाएर जिल्लाबाट टोली ल्याई घटनाको सत्यतथ्य सार्बजनिक गर्ने भन्दै मेयर राईले घटनाका शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिइसकेका कारण घटनाको सत्यतथ्य चाँडै सार्बजनिक गर्ने जनाएपछि आक्रोशित स्थानीयको समुह नगरपालिकाबाट हटेको जनाईएको छ।

 

meyar rai
पथरीशनिश्चरेका मेयर राई

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय बजारसहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर आन्दोलित भएपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गर्न पुगेका थिए।

स्थानीयले पथरीशनिश्चरे १स्थित वडा कार्यालयमा ताला लगाएर आन्दोलन गरिरहेका बेला प्रहरीले बल प्रयोग गरेको थियो। स्थानीयले भने प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै नगरपालिकाको गेट तोडर नाराबाजी गरेका थिए।

दिनप्रतिदिन हत्या र हिंसा बढ्दापनि प्रहरीले सुरक्षा दिन नसकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए।

शनिबार बिहान पथरी १मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९बर्षिया रिना बस्नेतको शव नग्न भेटिएपछि पथरीबासी आन्दोलित भएका हुन। पथरीमा यसअघि पनि सोही प्रकृतिका ५वटा घटना भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...