कोही नभएको समयमा महिलामाथि जबरजस्ती गर्ने पक्राउ !



हाम्रो इकोनोमि

 

वीरगंज महानगरपालिका– ८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहना सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राति वीरगंज महानगरपालिका १५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप एक जोर, सुनको औंठी एक थान, घडी एक थान, मोबाईल एक थान चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–८ ब्रहम चोकस्थित सडकमा गुप्तालाई चोरी भएका उक्त सुनका गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै, खड्क नगरपालिका–१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत बैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो । यी दुई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...