बिद्युत सर्ट भई आगलागी हुँदा हेर्दाहेर्दै यसरी खरानी भयो लाखौंको सम्पती



हाम्रो इकोनोमि

 

ठगी मुद्दामा फरार प्रतिबादी बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका–१३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कृष्णलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट फेला पारी पक्राउ गरेको हो ।

कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । यस्तै, काठमाडौं, चन्द्रागिरी नगरपालिका १३ तिनकुने गैरीगाउँ बस्ने पुरुषोत्तम बिडारीको घरबाट नगद ३३ हजार रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउसो चोरी भएको छ ।

अर्कोतिर, वर्दिया, बाँसगढी नगरपालिका ९ माछागड बजारस्थित बारदर्दिया नगरपालिका ६ जयनगर घर भएका ३५ वर्षीय उमेश सुनारको मुस्कान सुन चाँदी पसलबाट नगद १ लाख ५० हजार रुपैयाँ र विभिन्न सुनचाँदी तथा मोबाईल १ थान समेत गरी करिब१२ लाख रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । र संखुवासभा र बाराका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । संखुवासभा, सभापोखरी गाउँपालिका ३ खिलिङ बस्ने चन्द्रबहादुर लिम्बुको कच्ची घरमा मंगलबार साँझ आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, कोल्हवी नगरपालिका ७ दोधर्पा बस्ने बिन्दु चौधरीको गाई फार्ममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उक्त आगो निभाउने क्रममा गम्भीर घाइते भएका फार्मका चौकीदार सोही ठाउँ बस्ने ५५ वर्षिय सुक्रित चौधरीलाई उपचारको लागि नेशनल मेडिकल हुँदै थप उपचारको लागि भरतपुरतर्फ लगिएको छ । स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...