तस्बिरकै सम्झनामा सिमित थापा दम्पती , श्रीमतीको १३ दिने तिथिमा श्रीमान अस्पतालमा



हाम्रो इकोनोमि

 

केहि दिनअघि गुल्मीमा भएको जीप दुर्घटनाले निम्ताएको एक दम्पत्ती बीचको वियोगान्त कथा निकै दर्दनाक बनेको छ ।

चैत २८ गते मुसिकोट–१ च्यानडाँडामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएकी मालिका–१ ह्वाङ्गदी गाउँकी २६ वर्षीया कौशिला थापाको आज मंगलवार १३ दिनको पुण्यतिथी गरियो ।

दुर्भाग्य त्यसै दुर्घटनामा परेका उनका ३२ वर्षीय श्रीमान सुर्य थापा भने श्रीमतीको अन्तिम चेहरा देख्न पाउनु त परै जाओस् आज १३ दिनको पुण्य तिथीका दिन उनको सम्झनामा एक अञ्जु ली जल अर्पण गर्न र विधिवत् रुपमा उम्काईने कुनोमा समेत सहभागि हुन पाएनन् ।

उनी अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनकी बहिनी लल्मी थापाका अनुसार श्रीमती कौशलाको मृत्युको खबर सुर्यले १२ औं दिनमा मात्र थाहा पाएका हुन् ।

बहिनी लक्ष्मी भन्छिन्, ‘पाल्पा प्रभासमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठ माडौं पुर्याईयो ।

त्यस्तो बेला थाहा दिँदा उहाँको स्वास्थ्य अवस्था झन बिग्रिने डरले खबर गरेका थिएनौं । हिजो १२ दिनको दिनमा मात्र थाहा दिएका हौं ।’

‘आज निस्किने दिन पनि हामीले फोन गरेर जानकारी दिएका थियौं,’ लक्ष्मीले भनिन्, ‘दुर्घटना हुँदा फोन लगायतका सामानहरु यहीँ थियो ।

ती सामानहरु पठाईदिनु भन्नुभयो, अरु केहि बोल्नुभएन ।’भाउजु गुमाउनुको पीडा सुनाउँदै उनी थप्छिन्, ‘चैते दशैंको मुखमा पनि उहाँहरु बुटवल हिँड्नु भयो ।

किनकि बुटवलमा बनाएर सकिनै लागेको घरमा बैशाख ४ गते भित्र पस्ने दिन निक्लेको थियो ।

त्यसै ले उहाँहरु नयाँ घरमा बस्न चैते दशैं नमानी जानुभएको हो ।’‘दुर्घटना भई बामीटक्सारस्थित बामी प्रवास अस्पतालमा समेत भाउजुसँग कुरा भएको थियो,’ लक्ष्मीले भनिन्, ‘उहाँसँग फोन थिएन ।

मैले नै हेल्थपोष्टको डिबी सरलाई फोन गरेर स्वास्थ्य अवस्था बुझे । उहाँले भाउजुको अवस्था त ठिक छ ।

तर दाजुको अलि गम्भीर छ भन्नुभयो । त्यही भएर मैले भाउजुसँग कुरा गरें । उहाँ भन्दै हुनुहुन्थ्यो । मेरो छात्ती दुखेर सास फेर्न गाह्रो भएको छ ।’

उनले त्यस बामी प्रवास अस्पतालको लापर्वाहीप्रति गुनासो पोख्दै भनिन्, ‘भाउजुलाई तत्काल अक्सिजनको खाँचो रहेछ । तर त्यस अस्पतालमा अक्सिजन राखिएको थिएन् । न त एम्बुलेन्समा रहेछ ।’

उनले दुर्घटनामा परेकी ५ वर्षीया र ४ वर्षीया छोरीलाई पाल्पाबाट ५ दिनको उपचारपछि घर ल्याइएको बताइन् । ठूली चाहिँलाई निको भएपनि सानी चाहिँलाई अझ निको नभ एको बताइन् ।

मृतक कौशीलाको माइतीघर अर्घाखाँचीको जुकेना हो । उनीहरुको विवाह ८ बर्षअघि भएको थियो । सुर्य थापा १३ बर्षअघि भारतिय सेनामा भर्ती भएका थिए ।

बुटवलको शहरमा घर बनाएर श्रीमती र छोराछोरीलाई राखेर सुखी र खुसी राख्ने सपना सुर्य थापाको चकानाचुर भएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...