ठेकेदार भेटवालसँग मिलेर चास्नी चाख्दै काठामाण्डौंका मेयर शाक्य



हाम्रो इकोनोमि

 

 

व्यवस्थित रहेको पुरानो बसपार्क मासेर बनाउन थालिएको भ्यु टावरमा ठेकेदारकै मस्ती हुन थालेको छ ।

जनप्रतिनिधि र राजनीतिक दलका नेतासँग नजिक रहेका ठेकेदारहरूलाई लाभ हुने गरी मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा निर्णय भएको छ ।

काठमाडौं महानगरपालिकाले अपेक्षाअनुसार काम नभएको काठमाडौं भ्यु टावर निर्माणमा ठेकेदार मनोज भेटवाललाई नै लाभ हुनेगरी निर्णय गरेको छ ।

रकमकै विषयमा विवाद चलिरहेको उक्त भ्यु टावरका ठेकेदार कम्पनीलाई महानगरले एक बर्ष समय थपिदिएको छ ।

निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमिनमुनिकै काम गरिरहेका छन् ।

जबकि, उक्त काम एक बर्ष अघि नै सक्नुपर्ने थियो । जमिनमुनिको ८० प्रतिशत काम सकिएको दाबी गरिएको छ ।

प्राइभेट–पब्लिक पार्टनरसिप (पिपिपी)मोडलबाट निर्माण सुरु गरिएको भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए ।

जलेश्वर, स्वच्छन्द र बिकोइले २०७३ साउनबाट निर्माणको काम सुरु गरेको थियो । कहिले पेटी ठेकेदारको विवाद त कहिले ठेकेदारकै विवादका कारणले काम भने जसरी हुन सकेको छैन ।

ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।

निर्माण कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ ।

उक्त कम्पनीले वार्षिक ९८ लाख रुपैयाँ कर कामपालाई बुझाउँदै आएको छ ।

गोरखा भूकम्प पूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो ।

भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ ।

स्तम्भ निर्माणको लागत ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ ।

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ ।

६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ ।

कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो वार्षिक २ दशमलब ५ प्रतिशतका दरले बढ्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...