ज्योतिसँगको विवाद र रोचक कुराहरु आस्था राउतको (१९ तस्बिरसहित)



 

आस्था राउतको बारेमा कति बयान गरिरहनु ? आवाजमा उनको छुट्टै जादु छ । उनि स्टेजमा उक्लिएपछि दर्शक हेरेको हरै हुन्छन् ।

उनको प्रस्तुतीमा खुलेरै मनोरन्जन लिन्छन् । दर्जनौं लोकप्रिय गीत दिइसकेकी

गायिका राउत संसारका धेरै देशमा पुगेर नेपाली मनलाई मनोरन्जन दिएकी छिन् । कामको ब्यस्तताका कारण नेपालमा पनि एकदिन घरमा बस्ने फुर्सद छैन् ।

पुर्व देखी पश्चिम र उत्तरदेखी दक्षिणसम्म पुगिसकेकी गायिका राउतले लामो साँगितिक करिअरमा विभिन्न अनुभव सम्हालेकी छिन् । दर्शकको मायाँ त मज्जाले पाइरहेकी छिन्, बेला–बेलामा आयोजकवाट पाउनुपर्ने सम्मान र पारिश्रमिक नपाउँदा दुःखी पनि छिन् । त्यस्तै भएको छ, अहिले उनलाई ।

बाँकी तस्बिरहरु समाचारको अन्तिममा छन्

बाँकी तस्बिरहरु समाचारको अन्तिममा छन्

हालै उनले आफ्नो फेसबुकमा स्ट्याटस राख्दै २०७५ सालमा विदेशमा गरिएका कार्यक्रमबाट पुरा पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । उनले आयोजकलाई पुरा रकम नदिए नाम सार्वजनिक गर्ने धम्की समेत दिएकी छिन् । उनले भनेकी छिन्, ‘२०७५ मा विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पुरा रकम नदिने अर्गनाईजरहरुको नामहरु चाँडै सार्वजनिक हुँदै ।’ आखिर आस्थाले कुन–कुन कार्यक्रमबाट रकम पाएकी छैनन् ? कति रकम लिन बाकी छ ?

यसो भन्छिन् आस्था

नमस्ते, अहिलेसम्म जिवनमा जे जति कमाइएको छ त्यसमा कहिल्यै असन्तुष्टि छैन । नाम छ, कमाई पनि राम्रो छ । तर, कहिलेकाहि कतिपय आयोजकहरुले मन दुखाउनुभएको छ । पुरा रकम दिनुभयो भने कार्यक्रममा आउँछु भनेर धेरैपटक भनेको छु । तर ठग्नेहरुले जसरी पनि ठग्दारहेछन् । स्टेज चढिदिनुस्, झरेपछि दिन्छौं भन्नुहुन्छ । तर, झरिसकेपछि नपाएका धेरै रेकर्ड छन् । मैले पछिल्लो समय विदेशका केहि कार्यक्रम र नेपालका धेरै कार्यक्रमबाट रकम लिन बाँकी छ । कलाकारहरु बाँच्ने भनेकै स्टेज कार्यक्रमवाट हो, त्यहि स्टेजवाट कमाएको रकम पनि नपाएपछि के हुन्छ ? त्यो जसले पनि अनुमान गर्न सक्छ । कार्यक्रममा नपुग्दासम्म खुट्टा ढोग्नेहरु त्यसपछि न फोन उठाउने, न म्यासेजको रिप्लाई गर्ने गर्नुहुन्छ । अब कलाकारहरुको पसिना र खुन चुस्न खोज्नेहरुलाई ठिक पार्नुपर्छ ।

बाँकी तस्बिरहरु समाचारको अन्तिममा छन्

पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर । केही साताअघि काठमाडौंको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा आस्था गाउँदै थिइन्, ‘खै त मलाई झुम्के बुलाकी…’

दर्शकले उनीसँगसँगै गीत गाउँदै साथ दिए । चिच्याउन थाले । पररररर ताली बजाउन थाले ।
उनको प्रस्तुति अझै बोल्ड बन्यो ।

प्रायः सबै स्टेजमा आफ्नो ‘पावरफुल’ प्रस्तुति दिने आस्था राउतका प्रशंसक कम छैनन् । गीतमा छोरीको भाकालाई स्थान दिएपनि स्टेजमा उनलाई पुरुष फ्यानले पनि उस्तै साथ दिन्छन् ।

जब उनले स्टेजमा आफ्ना गीतहरूको प्रस्तुति दिन थाल्छिन्, तब उनलाई सबैभन्दा रमाइलो लाग्छ । उनी भन्छिन्, ‘मेरो सबैभन्दा प्यारो गीत भन्ने नै झम्के बुलाकी हो ।’ आफैंलाई मन परेको गीत भएकाले भिडियो गर्दा पनि उनी यही गीत रोजिन् । जुन गीतले उनलाई अझै लोकप्रिय बनायो ।

उसो त ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ? म त नेपालको माया गर्ने छोरी मलाई मजस्तै माया चाहिन्छ’ भन्ने गीतले उनको लोकप्रियता चुलियो ।

‘छोरीलाई पढाउन भन्दा पनि बिहे गरेर छोराछोरीलाई पठाउन समाज आतुर हुन्छ । बिहे गर्न हतार गर्नु हुँदैन । छोरीलाई पनि समान अधिकार दिनुपर्छ भन्ने भावलाई झुम्के बुलाकीमा उठान गरिएको छ’, उनी भन्छिन् ।

सानैदेखि उनलाई गीत गाउने आदत थियो । परिवार नै संगीतमय थियो ।

आमा (सावित्री राउत) ले गीत लेख्नुहुन्थ्यो । बुवा (हरिबहादुर राउत)ले पहिलेदेखि नै लोकगीत गाउनुहुन्थ्यो । उनी तीन वर्षको हुँदादेखि नै स्टेजमा गएर गीत गाउँथिन् । स्कूलमा सबैले खुबै माया गर्थे । गीतले विद्यालय परिसरमा मात्र वाह ! पाएकी थिइनन् उनले । चिन्नेजति सबैकी प्यारी बनेकी थिइन् ।

पुर्ख्यौली घर दोलखाको चरिकोट भएपनि उनको परिवार काठमाडौं बसाइ स–यो । काठमाडौंको बानेश्वरमा जन्मिन् र यतै हुर्किन् । ‘म आफूलाई भाग्यमानी मान्छु, मैले परिवारबाट सधैंभरि ठूलो साथ र सहयोग पाएँ,’ उनी आफ्नो बाल्यकाल स्मरण गर्दै भन्छिन्, ‘तीन वर्षमा नै मैले स्टेजमा कार्यक्रम गरेकी थिएँ रे !’

सानैदेखि अतिरिक्त क्रियाकलापमा सधैं अगाडि भएपनि उनको पढाइ भन्ने औसत थियो । ‘गाउने, नाच्ने र खेल्नेमा त म झनै अगाडि थिएँ । पढाइमा म कहिल्यै टप हुन सकिनँ,’ उनी लामो हाँसो हाँस्दै भन्छिन्, ‘भोलिको कुनै योजना थिएन । अतिरिक्त क्रियाकलाप गर्न पनि परिवारको साथ पाएकी थिएँ ।’

छोरालाई पढ्ने पाठशाला छोरीलाई घाँसे पाखाभीर
मान्छे किन यति निठुरी लौ न आमा लाग्यो मलाई पीर

कक्षा ६ मा पढ्दा रेकर्ड भएको यो बालगीत उनको पहिलो गीत थियो । सानैदेखि गीत गाउनमा अब्बल राउतका लागि यो एउटा मौका पनि थियो । उनी भन्छिन्, ‘गीत रेकर्डपछि धेरैले प्रतिक्रिया पनि दिनुभएको थियो ।’

नयाँ बानेश्वरमा मामाघर पनि थियो । त्यसैले उनलाई धेरैले ‘बानेश्वरकी आस्था भान्जी’ भन्ने गर्थे । गीत गाउँदै जाँदा उनलाई बानेश्वरले मात्र हैन, कुनाकुनाका नेपालीले पनि चिन्न थाले । ‘देशव्यापी भएको गायक प्रतियोगितामा म दुईपटक दोस्रो र काठमाडौंव्यापी भएको प्रतियोगितामा लगातार तीनपटक प्रथम भएकी थिएँ,’ उनी भन्छिन्, ‘केहीले त मलाई त्यतिबेला नै चिनिसक्नुभएको थियो रेडियो नेपालबाट – मिलन विद्या मन्दिर, अनामनगरकी आस्था राउत भनेर उद्घोष गर्दा ।’

व्यावसायिक रूपमा ‘सालको पात टपरी…’ गाएपछि भने उनको व्यावसायिक गीतीयात्रा शुरु भयो । उनको गीतले युवापुस्तामा चर्चा पनि पायो । चलचित्रमा गाएका गीतहरूले चर्चा बटुले । लगत्तै उनले आफ्नो एल्बम ‘आधार’ बजारमा ल्याइन् । एल्बममा संग्रहित प्रायः गीत दर्शकले रुचाए ।

त्यसपछि त प्रशस्त स्टेज कार्यक्रमका प्रस्ताव आउन थाले उनलाई । आस्था राउतलाई नचिनेकाले पनि बिस्तारै चिन्न थाले ।

‘म बगिरहने खोला हो । बाढी पहिरो होइन । एकनासले बगिरहन्छु,’ पछिल्लो समय नयाँ गीत बजारमा नल्याएकी आस्था भन्छिन्, ‘म त्यस्तो हा हु गीत गाएर बजारमा आउन चाहन्नँ । मन परे गाउने हो । नपरे गाउँदिनँ ।’

नेपाली संगीतमा अश्लीलताले प्रभाव पार्दै गएकोमा राउतको असन्तुष्टि छ । ‘मैले गीत गाउनुभन्दा पहिले आमालाई देखाउने गर्छु । उहाँले गाऊ भन्नुभयो भने मात्र गाउने हो,’ उनी भन्छिन्, ‘म अश्लील गीत गाउँदिनँ । आस्था राउतको आफ्नै स्वभाव छ । ब्राण्ड छ ।’

कतिपयले उनलाई मूडी र जिद्दी पनि भन्ने गर्छन् । कसैले अटेरी र घमण्डी छे पनि भन्ने गर्छन् । तर उनी भने अरूले बुझेजस्तो आफू नभएको बताउँछिन् । ‘म सहीलाई सही र गलतलाई गलत भन्ने गर्छु । त्यसैले मलाई यसरी मूल्यांकन गरिएको हुनसक्छ,’ उनी भन्छिन्, ‘तर मलाई बुझ्नेले ओहो ! आस्था कति ठीक रैछ पनि भन्नुहुन्छ ।’

आफूले गाउन अस्वीकार गरेका कतिपय गीत चर्चित भएको उनी बताउँछिन् । गीत नगाउनुको कारण चित्त नबुझेर मात्र होइन । कतिपयसँग त पारिश्रमिकसँग पनि उनको चित्त बुझ्दैन ।

उनी भन्छिन्, ‘लाखौं, करोडौं खर्च गरेर फिल्म बनाउनुहुन्छ । तर फिल्ममा गीत गाउनेलाई २०–२५ हजार दिन दाँतबाट पसिना निकाल्नुहुन्छ,’ उनी भन्छिन्, ‘नेपालमा कलाकारलाई जे भनेपनि हुन्छ, जस्तो व्यवहार गरेपनि हुने भन्ने प्रवृत्ति हावी भएको छ ।’

‘कलाकार राष्ट्रका गहना हुन् त भनिन्छ तर हामीलाई सुनभन्दा कम छैन, हराएमा डर छैन भन्ने खालको गहना बनाइयो ।’ उनी देशको नीति बनाउने नेताप्रति पनि आक्रोश पोख्छिन् ।

तर दर्शकसँग भने उनको कुनै गुनासो छैन । ‘दर्शकले त हामीलाई माया गर्नुहुन्छ नि,’ उनी थप्छिन्, ‘दुःख त म्यानेजमेन्टसँग लाग्छ, गीतमा साउण्ड सिस्टम, पारिश्रमिक केही पनि चित्तबुझ्दो हुँदैन ।’

‘यो देशमा सबै स्वार्थी हुँदै गएका छौं । नेपालमा स्वार्थीपना यति हावी छ कि देश बनाउने भन्नेहरू नै स्वार्थको लेपमा जेलिएका छन् । यस्तो पाराले नेपाली कलाक्षेत्र मात्र होइन, कुनै पनि क्षेत्र अगाडि बढ्न सकेको छैन,’ उनी थप्छिन्, ‘यहाँ मन्दिर, मस्जिद, चर्च बनाएर केही हुनेवाला छैन । भगवान खुशी तब हुन्छन्, जब हामीले गरीब दुःखीलाई सहयोग गर्छौं ।’

उनी भन्छिन्, ‘हुन त पूरै विश्व स्वार्थी छ तर मान्छे झनै स्वार्थी भएका छन् ।’

प्रायः गीतमा चेलीको कुरालाई उठान गरेकी राउत आफू गाउनकै लागि जन्मेको ठान्छिन् । आफूले सधैं ‘स्तरीय’ गीतमा ध्यान दिने बताउने राउतले शहरिया जिन्दगी भोगेपनि गाउँको जिन्दगीलाई राम्रोसँग बुझेको बताउँछिन् ।

छिट्टै नै आफ्नो एल्बम ‘आधार २’ निकाल्ने तयारीमा रहेकी राउत पछिल्लो गीतमा पनि समसामयिक विषयवस्तुका गीत निकाल्न थालेको बताउँछिन् ।

‘समय मिलाउन अलिक गाह्रो भइरहेको छ । छिट्टै नै नयाँ एल्बम निकाल्ने तयारीमा छु । केही गीत रेकर्ड पनि भएका छन् । गीतले समाज परिवर्तनको आवाज बोल्नेछ,’ उनी सुनाउँछिन् ।

सम्मान गर्ने आयोजकप्रती मेरो धेरै सम्मान छ र सुभचिन्तकहरुमा सधै साथ र सर्पोटका लागी धन्यवाद् दिन चाहन्छु ।

आस्था राउतको मनपर्ने कुराहरुः

चलचित्र : क्याराभान

बाल्यकालमै हेरेको यो चलचित्र मेरो मनमै गढेको छ। नेपाल कति सुन्दर छ भन्ने कुरा यो चलचित्रले वर्णन गरेको छ। चौंरीगाई भीरबाट झरेको दृश्य हेर्दा म रोएकी थिएँ।

नाटक : कोर्टमार्शल

अहिलेसम्म हेरेका नाटकहरूमध्ये यसले मेरो मन छोयो। १ घण्टा ४५ मिनेटसम्म दर्शकलाई बाँधेर राख्न सक्ने यो नाटकमा कलाकारहरूले पनि उत्कृष्ट अभिनय गरेका छन्।

अभिनेता: मह जोडी

उहाँहरूको अभिनय मात्र होइन, व्यक्तित्व र सेन्स अफ ह्युमर पनि उत्कृष्ट छ। प्राकृतिक रूपमै दर्शकलाई हँसाउन सक्ने क्षमता पनि यो जोडीमा छ।

अभिनेत्री: गौरी मल्ल

जस्तो भूमिकामा पनि सहज अभिनय गर्न सक्ने क्षमताले मात्र होइन सुन्दरताका दृष्टिकोणले पनि उहाँ अब्बल हुनुहुन्छ।

संगीतकार: सुरेश अधिकारी

उहाँको संगीत पर्फेक्ट लाग्छ। मैले पनि उहाँका गीत गाउने अवसर पाएकी छु। मेलोडीलाई टपक्क टिपेर कर्ण्प्रिय गीत तयार पार्न सिपालु हुनुहुन्छ।

गायक: स्व.गोपाल योञ्जन

गीत गाउने शैली नै आकर्षक लाग्छ। मेरो बुवाले उहाँको ’निशानी’ एल्बम घरमा ल्याउँदा म सानै थिएँ। त्यो उमेरमा पनि मैले उक्त एल्बमका गीत पटक(पटक सुन्दा क्यासेट प्लेयर नै बिग्रिएको थियो।

गायिका: स्व.अरुणा लामा

उहाँको त स्वर नै मार्मिक छ। जुन गीत सुने पनि भावनामा डुब्न बाध्य पार्ने एक मात्र गायिका।

खाना : दाल भात तरकारी

मलाई सादा नेपाली खाना मन पर्छ, त्यो पनि मेरी मामुले पकाएको !

पहिरन: क्याजुअल

लगाउन सजिलो र शरीरलाई सुहाउने मात्र होइन, स्कुटीमा हिँड्दा पनि क्याजुअल पहिरन उत्तिकै सहज हुन्छ।

मौसम: जाडो

म फेसनेबल ओभरकोट र लेदरको ज्याकेटकी पारखी हुँ। यी पहिरन लगाउने भनेकै जाडोमा त हो नि !

ज्योतिसँगको वादविवाद

नेपाली संगीतमा गायिका आस्था राउत र ज्योति मगरका फरक–फरक छवि छन् । आस्था शालीनता र बौद्धिकताका लागि चिनिन्छिन् भने ज्योति छाडापन र उछृङ्खलताका लागि चर्चित छिन् । देश तथा विदेशमा हुने कार्यक्रमहरुमा दुवै गायिकाको राम्रै डिमान्ड छ ।

हालै आस्थाले फेसबुकमा एउटा गम्भीर मुद्दा उठाइन् । धारावाहिक रुपमा स्टाटस लेखेर उनले मेला–महोत्सवमा देखिएको अश्लिलतामाथि प्रहार गरिन् । आस्थाले पहिलो स्टाटस लेखेकी थिइन्, ‘कति स्वरका धनी चेलीहरु घरमै बस्नु र्पयाछ, अश्लिल कुराहरु र नांगो नाच गर्नेहरु महोत्सवहरुमा बिकेका छन् ।’

त्यसपछि उनले अर्को स्टाटस लेखिन्, ‘कला र चर्तिकला छुट्याउने संगीत निकायको सेन्सर बोर्ड कहाँ छ ? गुहार मागेको अवस्था ।’ आस्थाले आफ्ना स्टाटसमा कसैको नाम उल्लेख त गरेकी थिइनन्, तर चोट र्पयो ज्योति मगरलाई ।

आस्थाले आफूजस्ता गायिकाहरुलाई नै दनक दिएको बुझेर ज्योतिले फेसबुकमै लामो जवाफ फर्काइन् । स्टाटसमा उनले महिलाले आफ्नो इच्छाअनुसार लगाउन, खान, हिँड्न पाउनुपर्ने उल्लेख गरेकी छिन् । साथै कपडा र संगीतको सम्बन्ध नहुने भन्दै कपडाको नाप र लम्बाइको निर्णय व्यक्तिको स्वतन्त्रताभित्र पर्ने तर्क गरेकी छिन् ।

ज्योतिको जवाफी स्टाटस आएपछि आस्थाले फेरि लेखिन्, ‘चोरको खुट्टा काट्भन्दा उचाल्यौ प्यारी, के गर्छौं हेर, गलतलाई गलत र सहीलाई सही त भन्नैर्पयो । कसैको वास्तविक जीवनमा मेल खाएमा त्यो संयोग मात्रै हुनेछ है, दुख नमाने । उही तिम्रो शुभचिन्तक ।’

दुवै गायिकाहरु एक–अर्कासँग राम्ररी परिचित छन् । उनीहरुले दुईपटक एउटै स्टेजमा गाएका पनि छन् । तर पछिल्लो समयमा ज्योतीले गाउने कार्यक्रममा आस्था सकभर सहभागी हुन्नन् । दुवै गायिकासँग यस प्रकरणमा भएको कुराकानी । दुवैले आ–आफ्नो विचारको लामो व्याख्यान गरे । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंशः

तपाईंले कसलाई टार्गेट गरेर स्टाटस लेख्नुभएको हो ?

मैले कसैलाई मेन्सन गरेकी छैन । यस्ता गायक–गायिका बग्रेल्ती छन् । उनीहरुको ठूलै झुण्ड छ ।

ज्योती मगरले दिएको जवाफ कस्तो लाग्यो ?

मैले उनलाई मात्रै इंगित गरेको थिइनँ । तर चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेझैं गरिन् । यमसा मेरो भन्नु केही छैन ।

यो विषयमा किन बोल्न आवश्यक ठान्नुभयो ?

अति नै भयो नि त । तपाईं आफैं भन्नुस त, गाउँ–गाउँमा हुने मेला–महोत्सवमा युवाहरु मात्रै आएका हुँदैनन् । बालकदेखि वृद्धसम्म आएका हुन्छन् । स्टेजमा गायिकाले छाडा कुरा गर्दा, शरीरका गोप्य अंग देखाउँदा उनीहरुमा कस्तो असर पर्छ ? बच्चाहरुले के सिक्छन् ? बृद्धबृद्धताहरुले के सोच्छन् । महिला दिदीबहिनीहरुलाई कस्तो लाग्छ ? महिला शशक्तिकरण भनेको नांगो नाच देखाउनु हो त ? उनीहरुले गर्दा हामीजस्ता गायक–गायिकालाई पनि अप्ठेरो पर्ने स्थिति आयो । त्यसैले मुख खोलेँ ।

तपाईंले स्टेजमा आफ्नो डिमान्ड कम भएर अरुमाथि तुष पोखेको त होइन ?

कसले भन्यो स्टेजमा मेरो डिमान्ड कम भयो भनेर ? म अहिले पनि उत्तिकै व्यस्त छु ,। बढी डिमान्ड हुने गायिकाभित्रै पर्छु । तर, म जहाँ पायो त्यहाँ गाउँदिन । टिममा अरु कस्ता गायिकाहरु छन् भन्ने हेरेर मात्रै निर्णय लिन्छु । जो पायो त्यहीसँग स्टेज सेयर गर्दिनँ । देखाउने नै हो भने त मेरो ज्यान पनि कम छैन नि ।

मलाई आफूलाई अफर आएको आधा गीत पनि गाएको छैन । म शब्द–शब्द केलाएर मात्रै गीत गाउँछु । छाडा र द्विअर्थी शब्द भएका गीतहरु ठाडै रिजेक्ट गरिदिन्छु । शब्द चित्त नबुझेरै थुप्रै आइटम गीतहरु गाइनँ । म हिट हुनकै लागि गाउने सोच राख्दिनँ ।

तपाईंको आरोप महिला कलाकारप्रति मात्रै कि पुरुषप्रति पनि हो ?

दुवैलाई हो । महिलामा विकृति बढी छ । तर, पुरुष पनि कम छैनन् । अहिले आएका दोहोरी गीतहरु कतिपय सुन्नै नसकिने छन् । धेरै दोहोरी गीत सेक्स ओरियन्टेड हुन्छन् । लोक दोहोरी भनेको त हाम्रो संस्कृति पो हो त । यसलाई पनि विकृत र्पायौं भने हामीसँग के रह्यो ?

गायिकाले स्टेजमा गाउँदा लगाउने लुगामा पनि तपाईंको आपत्ति हो ?

गायिकाले स्टेजमा गुन्यूचोली नै लगाएर गाउनुपर्छ भन्ने मेरो मान्यता होइन । तर, उनीहरुले लगाएको लुगा समाजलाई पाच्य हुनुपर्छ । गायिकाहरुले आफ्नो गायन कला पो देखाउने हो, स्तन, तिघ्रा देखाउन किन र्पयो ?

यो विकृतिको समाधान के हुन सक्छ त ?

अधिकांश महोत्सवहरु उद्योग–वाणिज्य संघहरुले गरेका हुन्छन् । अहिले उद्योग–वाणिज्य महासंघको नेतृत्वमा महिला हुनुहुन्छ सायद । उहाँले पहलकदमी लिनुपर्छ । समाज विगार्ने खालका कलाकारहरुलाई प्रश्रय दिन छोड्नुपर्छ ।

महोत्सव भनेको समाज बनाउनलाई हो बिगार्नलाई होइन । साथै, अब संगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको छ । शब्दहरुको मूल्यांकन गरेर मात्रै रेकर्ड गर्न अनुमति दिनुपर्छ । अर्को कुरा, कलाकारहरुको पनि ग्रेडिङ हुनुर्पयो । छाडा गीत गाउनेहरु र अरु कलाकारहरुलाई एउटै कसीमा राखिनु भएन । यो काम सरकारले गर्नुपर्याे ।

ज्योति मगरः द्विअर्थि कुरा त बोल्नैर्पयो नि !

आस्था राउतले स्टाटसमा तपाईंको नाम त लिनुभएको थिएन, तर तपाईं किन बुरुक्क उफ्रिनुभयो ?

म उफ्रिएको होइन, आफूलाई सभ्य भनाउँदाहरुलाई जवाफ दिएको हो । मैले पनि उनको नाम लिएको छैन ।

तर, तपाईंजस्ता गायिकाहरुले समाजमा विकृति फैलाइरहनु भएको छ भन्ने सोच्नेहरु त अरु पनि धेरै छन् नि ?

केलाई विकृति भन्ने ? हामी आफ्नो प्याट्रनमा गाउँछौं, उनीहरु आफ्नो प्याट्रनमा गाउँछिन् । हाम्रो प्याट्रन चैं विकृति उनको चैं संस्कृति ?


अर्को कुरा, हामी गायिकाहरुलाई मात्र किन आरोप लाग्छ ? पुरुषहरु कम छाडा छन् ? उनीहरुले गाएका गीत सुन्नुभएको छ ? हाल्ने, ठोक्ने, झार्ने जस्ता कुराहरु हुन्छन् । हामीले त कम्तीमा दोहोरो अर्थ लाग्ने शब्दहरु बोल्छौं, उहाँहरु त ठाडै बोल्नुहुन्छ । उहाँहरुले कम्मरमाथि लुगा फुकालेर गाउँदा कुनै प्रश्न उठ्दैन । हामीले ब्रा खोलेर नांगै त भएका छैनौ नि !

महोत्सवहरुमा तपाईंहरुले छाडापन फैलाइरहनु भएको छ भन्ने उहाँको आरोप सत्य नै होइन र ?

दर्शकहरुले जुन कुरालाई मन पराइरहनु भएको छ, जुन कुरा हेर्न पैसा तिरेर आइरहनु भएको छ, त्यसलाई छाडापन भन्ने उनी को हो ? तपाईं को हो ? दर्शकले मन पराएपछि सक्कियो ।

हाम्रो मालिक भने पनि भगवान भने पनि दर्शक–स्रोता नै हो । उहाँहरुले जे डिमान्ड गर्नुहुन्छ हामीले त्यही दिने हो । हामीसँग जे छ त्यही देखाउने हो । जसको छाति सानो छ उसले के देखाउँछ ?

भनेपछि आफ्नो शरीरप्रति ठूलै घमन्ड छ ?

मेरो शरीर हेर्नलाई सात घन्टा हिँडेर आउनु हुन्छ, मैले किन घमन्ड नगर्ने ?

तर, यूट्यूबतिर तपाईंमाथि कस्ता–कस्ता कमेन्ट आउँछन् हेर्नुभएको होला नि ? जस्ता कमेन्ट आए पनि मलाई मतलब छैन । मेरो आफ्नो फ्यान फलोइङ छ । म उहाँहरुका लागि गाउँछु । यूट्यूबमा अघाउँञ्जेल गीत हेरेर गाली गर्नेहरु महिला शशक्तिकरणका विरोधी हुन् ।

तपाईं स्टेजमा पुरा लुगा लगाएर सभ्य रुपमा प्रस्तुत हुनुभयो भने तपाईंका फ्यानहरु निराश हुन्छन् हो ?

हुँदैनन् । मैले सभ्य रुपमा पनि गाएकी छु । गुन्यू चोलो लगाएर पनि गाएकी छु । सिचुएसन हेरेर गाउँछु । दर्शकलाई उचाल्नुपर्ने भयो भनि द्विअर्थी कुरा त बोल्नैपर्याे नि ।




प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने