दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे



हाम्रो इकोनोमि

 

 

युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपायहरु अपनाउने गर्छन् ।

तर, यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाडमछाड गर्छन् ।

त्यो देश हो, अफ्रिकाको मौरिटेनिया । यहाँको परम्परा नै यस्तो छ ।

अविवाहित तर दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे पर्छ ।

किनकी, पुरुषहरुले बिहेका लागि मोटी युवतीहरु मन पाराउँछन् ।

त्यहाँका केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको ‘डाइट चार्ट’ नै फलो गर्छन् ।

दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्छन् ।

परिवारले पनि बढी खाएर जिउ मोटो बनाउनका लागि दबाव दिइने गरिन्छ ।

मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतिक हो, भन्ने मान्यताका कारण त्यहाँका युवतीहरु सँधै मोटो रहने बारे सोच्छन् ।

त्यस देशको सामाजिक दृष्टिकोण नै यही बनेको छ ।

मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन पनि सुखी हुन्छ भनेर मान्य चलन रहेको छ ।

उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ ।

उक्तअवधिमा ११ वर्षभन्दा माथिका किशोरीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...