दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे



हाम्रो इकोनोमि

 

 

युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपायहरु अपनाउने गर्छन् ।

तर, यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाडमछाड गर्छन् ।

त्यो देश हो, अफ्रिकाको मौरिटेनिया । यहाँको परम्परा नै यस्तो छ ।

अविवाहित तर दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे पर्छ ।

किनकी, पुरुषहरुले बिहेका लागि मोटी युवतीहरु मन पाराउँछन् ।

त्यहाँका केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको ‘डाइट चार्ट’ नै फलो गर्छन् ।

दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्छन् ।

परिवारले पनि बढी खाएर जिउ मोटो बनाउनका लागि दबाव दिइने गरिन्छ ।

मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतिक हो, भन्ने मान्यताका कारण त्यहाँका युवतीहरु सँधै मोटो रहने बारे सोच्छन् ।

त्यस देशको सामाजिक दृष्टिकोण नै यही बनेको छ ।

मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन पनि सुखी हुन्छ भनेर मान्य चलन रहेको छ ।

उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ ।

उक्तअवधिमा ११ वर्षभन्दा माथिका किशोरीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...