बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो ! (नामसहित)



हाम्रो इकोनोमि

 

आज बिहानै भएको बस दुर्घटनामा ५ जनाको ज्यान गएको छ । डडेल्धुरामा आज विहान भएको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार दुर्घटनामा परी अन्दाजी बर्ष ४० का धनबहादुर घर्ती, र वर्ष २५ का नरेन्द्र गुरुधामी अनी विहार भारतका मोहमद नासिरको मृत्यु भएको जनाइएको छ ।

धन बहादुर र नगेन्द्र बझाङ जिल्लाका स्थानीय हुन् ।

त्यस्तै ज्यान गुमाउने दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् ।

गम्भीर घाईते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...