बँदेललाई थापेको धरापमा आफ्नै साथीको ज्यान गएपछि…



हाम्रो इकोनोमि

 

नेपालीमा आहान छ– अरुलाई खनेको खाल्डोमा आफैं परिन्छ । नेपाली आहानजस्तै रुपन्देहीमा आफैंले थापेको विद्युत्तीय धरापमा परेर एक व्यक्तिले ज्यान गुमाएका छन् ।

तिलोत्तमा नगरपालिका–११, भूपू सैनिक टोलका ४० वर्षीय मीनबहादुर गौतमको बँदेल मार्न आफैंले थापेको विद्युत्तीय धरापमा परी ज्यान गएको हो ।

 

१० दिनदेखि वेपत्ता गौतमको बँदेल मार्न आफैंले थापेको विद्युत्तीय पासोमा परी ज्यान गएको खुलेकाे प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिलबहादुर मल्लले गौतमसहित गाउँको एक समूहले मिलेर थापेको विद्युतीय धरापमा परी गौतमको १ गते राति २ बजेतिर मृत्यु भएको बताए ।

अनुसन्धानका क्रममा धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुलेको छ ।  बुटवलका प्रमुख डिलबहादुर मल्लका अनुसार,  गौतमको  शव पासो थाप्ने समूहका सदस्यहरुले देवदह–९ काे जंगलमा लगेर गाडेका हुन् ।

घटनामा संलग्नको आरोपमा प्रहरीले मंगलबार ५ जनालाई पक्रेको छ । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछपछि बुधबार मृतकको शव गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...