पुरुषलाई पनि स्तन क्यान्सर !



हाम्रो इकोनोमि

 

इलामका ६० वर्षीय घनेन्द्र कार्कीले एक वर्षअघि आफ्नो दाँयापट्टिको स्तनमा सानो गिर्खो आएको महशुस गरे ।

तर काम विषेशले गर्दा उपचार नगराइ बसे । एक वर्षपछि चिकित्सककहाँ पुग्दा थाहा भयो, त्यो गिर्खो त क्यान्सर पो रहेछ ।

पहिलो चरणको क्यान्सर भएकाले एक महिनाअघि शल्यक्रिया गराएका उनलाई अहिले निको हुँदै छ ।

भक्तपुरका ५१ वर्षीय श्यामकृष्ण श्रेष्ठको स्तनमा सानै उमेरदेखि सानो गिर्खा थियो । उपचारका लागि कसैले वास्ता गरेन ।

एक वर्षअघि एकदमै चिलाएपछि श्रीमतीलाई भने । श्रीमतीले उपचार गराउन कर गरेपछि चिकित्सकहाँ पुग्दा थाहा भयो दोस्रो चरणको क्यान्सर भएको रहेछ। तत्कालै शल्यक्रिया गरेकाले अहिले उनि काममा फर्कन थालेका छन् ।

महिलामा बढी देखापर्ने स्तन क्यान्सर  पछिल्लो समय पुरुषमा पनि देखा पर्न थालेको छ ।

गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका पुरुषमध्ये ६ जनामा स्तन क्यान्सर देखिएको छ ।

यो संख्या अघिल्लो वर्ष ३ थियो । स्तन क्यान्सर हुने १ सयजना महिलाको अनुपातमा १ जना पुरुषमा यो समस्या देखिने विशेषज्ञ बताउँछन् ।

स्तन क्यान्सर महिलालाई मात्र हुन्छ भनी आफ्नो स्तनमा देखापर्ने गिर्खोलाई पुरुषले सामान्य मान्नु हुँदैन । तत्काल उपचार नगराए अन्यथा क्यान्सर फैलिने जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...