यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता !



हाम्रो इकोनोमि

 

नेदरल्याण्डमा १ जना डाक्टरका बारेमा निकै नै तरंग उत्पन्न गर्ने खालको घटना सार्वजनिक भएको छ ।

 

ती डाक्टर महिलाहरुसँग यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता बनेको खुलासा भएको छ ।

निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर सन्तानलाभ गराउने क्लिनिक सञ्चालन गर्ने ती डाक्टरले शुक्रकिट बैंकबाट लिइएका शुक्रकिटसँग आफ्ना शुक्रकिट साटफेर गरी गर्भाधारण गराउने गरेको खुलासा भएको हो ।

गत शुक्रबार गरिएको डीएनए परीक्षणबाट उनको यस्तो कर्तुत पर्दाफास भयो । अदालती आदेशपछि निजमेगन सहरस्थ्ति एक सामाजिक संगठनले बच्चाको डीएनए परीक्षण गराएको थियो ।

उक्त संस्थाले क्लिनिकमा पैदा भएका बच्चा तथा उनीहरुका अभिभावकहरुको प्रतिनिधित्व गर्ने गर्दछ । यद्यपि, त्यस्तो कर्तूत गर्ने डाक्टर जोन कोर्बाटको सन् २०१७ मै मृत्यु भइसकेको छ ।

मृत्युअघि नै उनले आफू ६० बच्चाको पिता बनिसकेको स्वीकारेका थिए । अनियमितता र अन्य विभिन्न खाले गैरकानूनी काम गरेको अभियोगपछि उनको क्लिनिक सन् २००९ मै बन्द गराइएको थियो ।

गत फेब्रुअरीमा अदालतले अभिभावकहरुलाई बच्चाको डीएनए परीक्षण गरी डाक्टर कोर्बाटको डीएनएसँग तुलना गर्ने अनुमति दिएको थियो ।

आफ्नो मृत्युअघि डाक्टर कोर्बाटले एक विवादित बयान दिँदै आफू ६० बच्चाको बावु बनिसकेको घोषणा गरेका थिए ।

साथै उनले आफूले कैयन् दाताहरुको शुक्रकिटमा आफ्नो शुक्रकिट मिसावट गरेको पनि खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...