यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता !



हाम्रो इकोनोमि

 

नेदरल्याण्डमा १ जना डाक्टरका बारेमा निकै नै तरंग उत्पन्न गर्ने खालको घटना सार्वजनिक भएको छ ।

 

ती डाक्टर महिलाहरुसँग यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता बनेको खुलासा भएको छ ।

निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर सन्तानलाभ गराउने क्लिनिक सञ्चालन गर्ने ती डाक्टरले शुक्रकिट बैंकबाट लिइएका शुक्रकिटसँग आफ्ना शुक्रकिट साटफेर गरी गर्भाधारण गराउने गरेको खुलासा भएको हो ।

गत शुक्रबार गरिएको डीएनए परीक्षणबाट उनको यस्तो कर्तुत पर्दाफास भयो । अदालती आदेशपछि निजमेगन सहरस्थ्ति एक सामाजिक संगठनले बच्चाको डीएनए परीक्षण गराएको थियो ।

उक्त संस्थाले क्लिनिकमा पैदा भएका बच्चा तथा उनीहरुका अभिभावकहरुको प्रतिनिधित्व गर्ने गर्दछ । यद्यपि, त्यस्तो कर्तूत गर्ने डाक्टर जोन कोर्बाटको सन् २०१७ मै मृत्यु भइसकेको छ ।

मृत्युअघि नै उनले आफू ६० बच्चाको पिता बनिसकेको स्वीकारेका थिए । अनियमितता र अन्य विभिन्न खाले गैरकानूनी काम गरेको अभियोगपछि उनको क्लिनिक सन् २००९ मै बन्द गराइएको थियो ।

गत फेब्रुअरीमा अदालतले अभिभावकहरुलाई बच्चाको डीएनए परीक्षण गरी डाक्टर कोर्बाटको डीएनएसँग तुलना गर्ने अनुमति दिएको थियो ।

आफ्नो मृत्युअघि डाक्टर कोर्बाटले एक विवादित बयान दिँदै आफू ६० बच्चाको बावु बनिसकेको घोषणा गरेका थिए ।

साथै उनले आफूले कैयन् दाताहरुको शुक्रकिटमा आफ्नो शुक्रकिट मिसावट गरेको पनि खुलासा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...