रिना हत्या प्रकरण, प्रहरीले गोली चलायो, २ राउण्ड हवाई



हाम्रो इकोनोमि

 

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भएको भागदौडमा एकजना घाईते भएका छन् ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका हुन् । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन् । बजार सहित पूर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन् ।

स्थानीय रिना बस्नेतको मृत्यु हत्या नै भएको भन्दै व्यापारीले बजार बन्द गरेका छन् । स्थानीय आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...