फोनमा कुरा गर्दागर्दै आफ्नै बच्चामाथि यसरी चलाए गाडी (भिडियो)



हाम्रो इकोनोमि

 

फोनमा कुरा गर्दै गाडी चलाउँदा भारतको दिल्लीस्थित भरत नगरमा गम्भिर दुर्घटना भएको छ ।

गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् । त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् । तर ती बच्चालाई गाडीले किच्छ ।

गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए ।

बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । भिडियोमा बच्चा रगताम्मे भएको देख्न सकिन्छ ।

गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाको साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् । बच्चाको नाम गुलाम हो ।

पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए ।

तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ जहाँ बच्चालाई AIIMS मा रिफर गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ ।

भरत नगर पुलिसले सिसिटिभी फुटेको आधारमा कार सवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

Embedded video

 

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...