नेपालगञ्जमा भिषण आगलागी, करोडौंको धनमाल जलेर नष्ट



हाम्रो इकोनोमि

 

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति पुगेको अनुमान गर्नुभएको छ । पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...