पाल्पामा श्रीमतीले गरिन् श्रीमानको हत्या, साथीलाई खुकुरी प्रहार



हाम्रो इकोनोमि

 

 

पाल्पामा श्रीमतीले गरिन् श्रीमानको हत्या, साथीलाई खुकुरी प्रहार

 

बुटवल । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् ।

अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् ।

पाल्पास्थित उनको माइतीघरमा ढुङ्गा प्रहार गरि घम्भीर घाइते भएका लोकबहादुरको उपचारका क्रममा मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

पाल्पाको रैनादेवी गाउँपालिका–३ , छहरास्थित माइतीमा बिहान करिव ८ बजेको समयमा घरयासी विवादका क्रममा मेगलीले श्रीमान (लोकबहादुर)लाई ढुङ्गा प्रहार गरेकी थिइन् ।

एकै घरमा तीन अपाङ्ग थिए । श्रीमती सुस्तमनस्थितिकी र उनका तीन सन्तानमध्ये दुई सन्तान पनि अपाङ्ग रहेको एसपी पोखरेलले बताए ।

त्यस्तै सोमबार नै रुपन्देही र पाल्पाको सिमना बल्डेङ्गगढीमा साथीले साथीलाई खुकुरी प्रहार गरि हत्या प्रयास गरेका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ का सुवास भुसालले घर नजिकैका कैलाश भुसाललाई खुकुरी प्रहार गरि हत्या प्रयास गरेका हुन् ।

उनीहरु मिल्ने साथी रहेको छिमेकीहरुले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते कैलाश ।

उनीहरु दुवै जना अर्घाखाँचीबाट मोटरसाइकल चढेर बुटवलतर्फ जाँदै गरेको अवस्थामा सुवासले कैलाशलाई खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएको एसपी पोखरेलले बताए ।

घाइते कैलाशको बाँया हात चुँडिने अवस्थामा रहेको र गर्धनमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते कैलाश बेहोस रहेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए ।

खुकुरी प्रहार गर्ने सुवासलाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको पाल्पाका एसपी पोखरेलले बताए । सुवास तिलोत्तममा बिजुली पसल सञ्चालक भएको बताइन्छ ।

सुवासले कैलाशलाई करिव ८ लाख रुपैयाँ दिनुपर्ने र सोही कारणले हत्या प्रयास भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...