४० यात्रु बोकेको रात्रि बस सडकबाट खस्यो



हाम्रो इकोनोमि

 

सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ६ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो ।

दुर्घटना लगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...