अर्कैसंग हिडेकी श्रीमतीलाई कतारबाट श्रीमानको मन छुने पत्र, पढ्दै जानुहोस



 

खै कहाँ बाट शुरु गरौं र कुन शब्दमा लगेर अन्त्य गरू त्यो त यो सन्सारको अमुल्य चिज समयले बताउनेछ तै पनि यो सामाजिक संजाल मार्फत तिमीलाई एउटा सानो पत्र लेखेर तिमी सामु पुर्याउने सानो यत्न गर्दै यही सामाजिक संजाललाई उत्तम माध्यम ठान्दै आफ्ना यि शब्दहरूलाई अगाडि बढाउने जमर्को गर्दै छु।

 

जिउँदै भए पनि भित्र भित्र म कत्तिपटक मरेको छु, तिमी बुझ्दिनौ ।

बुझ्ने सामर्थ्य यदि तिमीमा भाको भए,यस्तो खबर सायदै सुन्नु पर्थेन होला । आफ्नो जीवन तिम्रै लागि साँचेर बाचिरहेको थिए ।

तर तिमी भने ठिक विपरीत सोच्दी रहिछौ ठिक बिपरित गर्दै हिड्ने रहेछौ । तिम्रै खुशीका लागि निरन्तर श्रम गरिरहे खाडी मुलुक कतारमा, तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो खिसिटिउरी गर्नमा तल्लिन भएछौ ।

यो चाल पाएपछी, म ज्यादै विक्षिप्त भएको थिए । मेरो मन धुजा धुजा भएर फाटेको छ ।कुनै कुल्ली झै, मुटु भित्र गुम्सिएका तिम्रा सम्झाना र यादका भारी बोकेर काममा जानका लागि तयारी गर्दै थिए, त्यो दिन ।

अचानक त्यो भाई फोन गरेर सुनाएको खबरले एक्कासी भाउन्न भयो । म भुइँमा ढलेछु । केहि समय पश्चात होसमा आएपछि, पीडा झन बल्झियो ।

मलाई विश्वास लागिरहेकै थिएन,त्यसै बेला तुरून्त घरमा फोन गरे तिमी अर्कै सङ्ग कुम्लिएको खबर सुने ।

के चिजको कमि हुन दिएको थिए र? तिमीलाई चाहिएका कुराहरु पुर्याएकै थिए, होईन र? हाम्रो देशमा रोजगारीको ब्यवस्था नहुदा म जस्ता लाखौं नेपाली युवाहरू बिदेशी भुमिमा श्रमिक भएका छ्न ।

आ आफ्नो भविस्य निर्माणको लागि अनि आफ्नो स परिवार लाई सुख शान्ति र समृद्धि को लागि ,के म बिदेश पलायन हुनु मेरो गल्ती होर?

यदी गल्ती नै हो भने किन भन्न सकेनौं मलाई एक्लो छोडेर बिदेश प्रस्थान नगर्नु यो गलत गर्दै हुनुहुन्छ भनेर किन भन्न सकेनौं ?हप्ता-दिन भयो ड्युटीमा गएको छैन, प्यारी ।

सुत्न खोज्छु निदाउन सक्दिन भान्सामा जान्थे खान पकाउन को लागी किन पकाउनु परेको होला झै लाग्थ्यो पकाउन त पकाउथे तर भोक हुन्थेन ।जसोतसो खान खोज्यो तर जान्थेन आइरहन्थ्यो त केवल तिम्रो झझल्को ।

पहिलेको जस्तो म सङ्ग अरबको माटोमा काम गर्न जोस-जाँगर केही छैन । छिन छिनमा चसक्क पोलिरहन्छ मन । लाग्छ कोहि मेरो मन भित्र सल्किरहेको चुरोटको ठुटो झोसी रहेछ ।म उनै परम दयालु मालिक सित कामना गर्छु कि, यस्तो पिडा दु:ख त शत्रुलाई पनि नपरोस ।

कुण्ठित बहहरु केही मात्रामा कम हुन्छ कि भनेर, पिडा अनि दु:खको गाठो पत्र मार्फत तिमी सामु फुकाउने जमर्को गर्दैछु । कता कता सुनेको छु अचेल सामाजिक संजाल मा पनि आफ्नो समय बिताउने गर्छौ रे ।

तिमीलाई याद होला बर्खामा घर चुहिने गर्थ्यो ढुङ्गा माटोको घरलाई विस्थापित गरेर आर सिसि ढलान घर बनाउनु हाम्रो ठूलो सपना थियो । छोराहरूलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने र राम्रोसंग पढाउने ठुलो इच्छा हामी दुवैको थियो ।

सुकिलो मुकिलो भएर हिड्न पाइयोस् सधै भरी, कसैका अगाडि हात तेर्साउनु नपरोस् भन्ने ठूलो आकाँक्षा थियो । यिनै सपना, इच्छा र आकङ्क्षा पालेर दुई वर्ष अगाडि कतार उडेको थिए म । के यो सब लिला देख्नका लागि मात्र म कतार भासिनु परेको होला त?यता म भने रात-दिन नभनी काममा लागिरहे, प्यारी । तातो घामको प्रवाह नगरी काममा खटिरहे । निरन्तर पसिना चुहिरहन्थ्यो,शरीरबाट । शिरबाट बगेको पसिना पाउमा गएर जुत्तामा थुपि्रएको हुन्थ्यो अझ जिउमा लगाएका कपडा त चुर्लुम्मै भिज्थ्यो पसिनाले ।

तिनै पसिनाले भिजेका कपडा लगाएर ओभर टाईम काम गर्थे । कहिले काहीँ त तिनै कपडा नफेरी सुत्थे । भोक लागेको बेला, भनेको जस्तो खान पाइन्नथ्यो । गनेर साध्य छैन कत्ति दिन त भोकै बसेको छु ।यहि कारणले गर्दा सिकिस्त बिरामी पनि भए । औषधि-पानी खुवाउने कोहि भएनन् । आफ्नो देशबाट आएका साथीहरु पनि आ आफ्नो काम मा व्यस्तता का कारण त्यति नजीक नहुने सबैलाई आ आफ्नो काम प्रिय लाग्नु पनि स्वभाविक हो किनभने म लगायतका सम्पुर्ण साथीहरू काम गर्नकै निमित्त यस बिरानो मरभुमीमा श्रमिक गरिरहेका छौ ।

वास्ता गरेनन् भनेर दुःखित हुने कुरै भएन। आफ्नो देश बाट आएका भन्दैमा उनीहरुलाई मलाई रेखदेख गर्नु काम मा नजानु भन्नु पनि गलत थियोे । यहाँ त आफ्नै मान्छे झन् बिरानो बनिदिँदा रहेछन् । तिमीलाई किन टेन्सन गराउनु भनेर बिरामी भएको सुइँको दिएको थिएन त्यसबेला ।प्यारी पत्नी, जसोतसो यस्तै दु:खहरु सहेर यता आउँदा लागेको खर्च तिर्न सकेको थिए ।

अब बाकी तीन वर्षमा दु:ख गरेर कमाएको पैसाले हाम्रा इच्छा र सपनाहरु पूरा गर्ने सोच थियो । ठुलो छोराले फोनमा ट्याप चाहियो ,हाम्रो घरमा पनि Television राख्ने भनेर माग गर्थ्यो । सानो छोराले नाना पठाइदिनु भन्थ्यो । छोराहरूका मागहरु पूरा गर्नु मेरो ( रेस्पोन्सिबिलितिज ) थियो नै, बुवा भएको नाताले ।तर मागको पुर्ती गर्न सक्षम थिएन त्यसबखत । त्यसैले ज्यानलाई जीवन र मरणको दोसाँधमा राखेर काममा लागिपरेको थिए ।

आफ्नो कलकलाउदो बैँस बेचिरहेको थिए, यो मरुभूमि कतारमा । “पैसा पठाउनु न! नुन तेल किन्ने पैसा पनि छैन” फोनमा तिमीले भन्थ्यौ । हुन्छ चाडै पठाउछु भनेर कुरा टार्थे । फोन काटिसकेपछि आँसु झार्न बाहेक केही गर्न सक्थे र किनकि, कम्पनीले समयमै तलब दिएकै थिएन । अर्काको देशमा हामीहरुले के नै गर्न सक्थ्यौ र? निरिह थियौ हामी ।

पैसा पठाएको एक हप्ता पछि, अर्कैसङ्ग कुम्लिएको खबर सुने, नदिनु पीडा दिएर गयौ । तिमीलाई त्यो पैसाले अवश्य सरापनेछ । चैन सङ्ग बसेर खान दिने छैन तिमीलाई, त्यो पैसाले । प्यारी ती कलिला छोराहरूको आँसुले पीडा दिने छ एकदिन तिमीलाई । कुनै बाटो पाउने छैनौ मेरो मायाले अवश्य सताउनेछ तिमीलाई । आखीर के का लागि भाग्यौ? बिचरा छोराहरू लाई स्कुल पुर्न्याउने बहानामा घर छोडेर आफुले कष्ट गरेर जन्म दिएका छोराहरू लाई छोडेर किन? के का लागि ? तिम्रा चाहहरु त पूरा गरेकै थिए नि । माया त अथाह थियो तिम्रा लागि, यो मन भित्र ।तिमीलाई ती साना, कलिला छोराहरूको माया रहेनछ है? तिनीहरुको भविष्यको केही प्रवाह रहेनछ।

“मामु-बाबा” भन्दै कत्ती रुन्छन होला? बच्चाहरू बेलाबेलामा बिरामी पनि भइरहन्छन् कति रुने गर्छन् होला मामु बाबा भनेर? धिक्कार छ तिमि जस्तो जननी प्रती एक मताहरी को भुमिका खेल्न नसक्ने कस्तो लज्जास्पद ! सोचेकी छौ? तिमीले माया प्रेम के हो बुझेकी रहिनछौ आफुले गर्नुपर्ने कर्मकाण्ड के हो त्यो पनि बुझेकी रहिनछौ!!अहिले त नेपाल फर्कन लाग्ने पैसा पनि छैन म सङ्ग ।

आउन पनि सक्दिन होला । कसरी मुख देखाउनु गाउँ-घरमा । कर्तुत त तिमीले गरेकी थियौ, समाजमा मुख मैले लुकाउनु पर्ने बनाएर । पल्थरेको नातिनी बुहारी ले यस्तो कुर्तुत काम गरेर आफ्नो स साना बालकहरू लाई छोडेर अर्कै सङ्ग भागी भनेर, पल्थरेको सब परिवार समाजमा लज्जित भएको भुल्यौ है? यस्ता कुराहरु झन्, कपास सल्किएभन्दा द्रुत गतिमा फैलिन्छन् गाउँ-घरमा । तिमी भागेको कुरा त गाउँका सबैले थाहा पाईसकेका होलान ।

यस्तो अवस्थामा घर फर्कीए पनि स्वतन्त्र रुपमा बाँच्न सकुला र म? धिक्कार छ तिमीलाई प्यारी ।अभागीको त, भगवानले पनि भाग्य नै नलेखी फुत्त पठाइदिने रहेछन जस्तो लाग्यो यो संसारमा । म पनि अभागीको प्रतिनिधि पात्र हुँ भन्दा फरक नपर्ला प्यारी । सानै छदाँ टुहुरो भए भनेर आफ्ना व्यथा सुनाएकी थियौ । आमाको माया पाउन सकिन भनेर मलाई आफ्नो वेदना पोखेकी थियौ आफ्नोतर्फबाट पनि यि स साना बाबुहरूलाई आफ्नो माया बन्चित गर्यौ छोराछोरी माथी आमाको दायित्व त सधैं दयाभाव गरेर आफ्नै सन्तानलाई निश्चल मायाको आभास दिने उनीहरुको भविस्य को चिन्ता लिनुपर्ने मा तिमिले त उल्टै उनीहरुको भविस्य सित खेल्यौ?तर तिमीबाट ठूलो आशा थियो, मायाको आभास दिलाउनेछौ भनेर । त्यो पनि पूरा हुन सकेन ।

आखिर देखावटी मायाको नाटक गरेर फसाइगयौ, जालमा फसेको माछा झै । प्यारी पत्नी, ढिलो चाढो होला नै । म नेपाल अवश्य फर्कनु पर्ने हुन्छ ।स केसम्म चाढै फर्कने प्रयास गर्नेछु । म नआए सम्म छोराहरू को स्याहार गर्न बृद्धअबश्था रहेका मेरा बाबाआमा लाई भनेको छु । तिम्रा लागि मेरो मनमा रहेको माया, सास रहे सम्म रहला नै सायद । तर तिमीलाई भुल्न सक्दो प्रयास गर्नेछु ।यो नसोच कि, म दोश्रो विवाह गर्नेछु । अब मलाई धेरै पीडा सहनु छैन ।

मेरो जिउ लखतरान परिसकेको छ, पीडा सह्दा सह्दै। बाकीँ जीवन, अब तिनै छोराहरूका साथ बिताउने प्रतिज्ञा गरेको छु । तिनीहरु तिम्रा छोराहरू रहेनन् अब । सम्झने कुनै हक अधिकार छैन तिमीमा । र यहि पत्र मार्फत मेरो एउटा बिन्ती अनुरोध छ तिमीलाई, तिम्रो उपस्तिथी मेरो सामु आभास गराउने दुस्साहस कहिल्यै नगर ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु