दक्षिण कोरियाको बीमा नीति परिवर्तन, इपिएस कामदारको बीमा नभए ५० लाख वोन जरिवाना हुने,



हाम्रो इकोनोमि

 

दक्षिण कोरियामा आप्रबासी कामदारका लागि गरिने बीमा बजारको क्षेत्रमा गरिएको ब्यापक फेरबदलको एकदशक नपुग्दै बीमा बजारको आकार बढेर दुई गुणा पुगेको हुँदा बर्तमान बीमा कानुनलाई केही परिमार्जीत गर्दै कोरियामा रहने आप्रबासी र रोजगारदाताका लागि महत्वपूर्ण रुपले बीमा पोलिसीको ढाँचालाई नयाँ रुपले परिबर्तन गरिने भएको छ।

सामसङ् फायर एण्ड मरिन ईन्स्युरेन्स कम्पनिको रिर्पोट अनुसार २५ मार्च २०११ सम्म २२५.७० बिलियन वोन सम्ममा रहेको बीमाको बजार सन् २०१८ सम्ममा आईपुग्दा ३९६.४६ बिलियन वोनमा बिस्तार भएको छ भने आप्रबासी कामदारका हुँने चार प्रकारका बीमा लगाएत स्वदेश प्रस्थान गर्ने ग्यारेन्टी बीमा र ग्यारेन्टी बीमा अर्थात काम गर्ने अबधिमा आप्रबासी श्रमिकहरुको गैर–ब्यापारिक जोखिमलाई ग्यारेन्टी गर्ने बीमा समेत समाहित छन्।

साथै आप्रबासी कामदारको रोजगारको सम्बन्धमा बर्तमान नियम अन्तर्गत सबै रोजगारदाता र कामदार जो सँग (ज्(द्द,भ्(ढ) भिषा छ उनीहरुले अनिबार्य रुपमा बीमा गराउँनु पर्दछ यदि नियमलाई अबज्ञा गरेमा ५ मिलियन कोरियन वोन सम्म जरिवाना गरिेने जनाईएको छ।

दक्षिण कोरियामा आपंबासी कामदारको संङख्यामा बृद्धि सँगै सरकारले आप्रबासी कामदारका नीतिलाई बलियोरुपबाट परिमार्जित सहित लागु गदै लगिने र आप्रबासी कामदारको बीमा पोलिसीधारको संङख्या र बीमित राशिमा बृद्धि गर्ने नीति लिएको छ।

गतबर्षको अन्र्तसम्ममा कुल २४०९०७ जना मध्ये सबैभन्दा बढी प्रस्थान ग्यारेन्टी बीमा, ग्यारेन्टी बीमा, ब्यक्तिगत चोटपटक भुत्तानी बीमा तथा फिर्ती लागत बीमा लिने बिचको अधिक संङख्या थियो।

बर्तमान समयमा प्रबासी कामदार बीमा पोलिसीधार को संङख्या पछिल्लो बर्षको अन्तिम सम्ममा २४३७२३ थियो भने सन् २०११ तुलनामा १००००० ले बढि हुनुको साथै आप्रबासी कामदारका लागि प्रस्थान बीमा शुल्क ३६४ बिलियन वोन भुक्तानी भएको जनाईएको छ।

यस बिषयमा मानव संसाधन बिभाग र श्रम तथा रोजगार मन्त्रालय बीच प्रत्येक दुई बर्षमा एकपटक एक कार्यक्रमको आयोजना गरि समिक्षा गरिने समेत केहि कोरियन समाचारपत्रले जनाएका छन्।
Dcnepal बाट

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...