वायुको टकरावले यस्तो हुँदैछ देशभरिको मौसम, पूर्वानुमानले यस्तो सूचना निकाल्यो



हाम्रो इकोनोमि

 

 

राजधानी उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा मौसममा बदली हुनुका साथै बादल लागेको छ । केही ठाउँको मौसम भने सफा छ ।

पश्चिमीसँगै स्थानीय वायुको प्रभावले मौसम बदली भएपनि तत्काल पानी पर्ने सम्भावना छैन ।

मौसमपूर्वानुमान महाशाखाका अनुसार मौसम बदली भएका ठाउँको मौसम केही समयपछि खुल्नेछ ।

अपरान्हतिर बदली भई बेलुका मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।

यस्तो छ मौसमपूर्वानुमान महाशाखाको सूचना

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०९ देखि २०७६/०१/११) विहान ६:०० बजे

आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ।

पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०८ देखि २०७६/०१/१०) साँझ ६:०० बजे

आज राति देशको पहाडी भू-भागहरुमा सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पश्चिमी पहाडी भेगका केहि स्थानहरु र मध्य तथा पूर्वी पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

जारी मिति : बैशाख ०८ गते (आईतबार) बिहान ६:०० बजे
देश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०७ देखि २०७६/०१/०९)
देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०७ देखि २०७६/०१/०९) जारी समय: विहान ६ बजे
आज दिउँसो देशका पहाडि भु-भागहरुमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन/चट्यांग सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...