विश्व इतिहासको अर्को डरलाग्दो बम विष्फोट, १२९ जना मारिए तीन सय बढी घाइते !



हाम्रो इकोनोमि

 

श्रीलंकामा चर्च र होटलमा आक्रमणमा ठुलो धनजनको क्षति भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था दैनिक भास्करका अनुसार, यी धमाकामा कम्तीमा १२९ जनाले ज्यान गुमाएका छन् भने ३ सय बढी घाइते भएका छन् ।

राजधानीको शांग्रीला होटल, किंग्सबरी होटल र सिनमन ग्रान्ड होटलमा पनि बम विष्फोट गराइएको छ ।

घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्च लगायतमा बम विस्फोट भएको हो ।

इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको जनाइएको छ ।

विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...