टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै बिसाएर निदाए यी बालक, हृदयविदारक तस्विर



हाम्रो इकोनोमि

 

 

टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला रु हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ ।

आफ्नो बाल्यकाल सम्झनुस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको ।

कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्ते अहिले एक १२र१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।

यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन ।

तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाएका छन् । ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् ।यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।

उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् ।

केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...