टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै बिसाएर निदाए यी बालक, हृदयविदारक तस्विर



हाम्रो इकोनोमि

 

 

टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला रु हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ ।

आफ्नो बाल्यकाल सम्झनुस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको ।

कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्ते अहिले एक १२र१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।

यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन ।

तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाएका छन् । ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् ।यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।

उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् ।

केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...